• होमपेज
  • समाचार
  • सन्जीतलाई यूएईदेखि काठमाण्डौं सम्मले पठाए सहयोग

सन्जीतलाई यूएईदेखि काठमाण्डौं सम्मले पठाए सहयोग

  • शुक्रबार, अशोज २०, २०७४
सन्जीतलाई यूएईदेखि काठमाण्डौं सम्मले पठाए सहयोग

सन्तकुमार चौधरी,

चितवन, असोज २०–

घाइते सन्जीत महतो र उनको परिवारको दिगो व्यवस्थापनका लागि थारु कल्याणकारिणी सभा यूएईले आर्थिक सहयोग गरेको छ ।

घाइते सन्जीत महतो राहतकोषमा २० हजार रुपैंया नगद आर्थिक सहयोग गरेको हो । राहतकोषका संयोजक शरदकुमार महतो यूएई भ्रमणको क्रममा बरदुवई पुगेर थारु कल्याणकारिणी सभा यूएईका पद्धाधिकारी सहितको टोलीले नगद हस्तान्तरण गरेका हुन् । सभाका प्रवक्ता खेम महतो, सचिव रुपेश चौधरी, सह–कोषाध्यक्ष धर्मराज महतोलगायतका टिमनै सहभागी भएर आर्थिक सहयोग हस्तान्तरण गरेका थिए । राहत कोषका संयोजक नै यूएई भ्रमणमा रहेको खबर पाए लगतै थाकसका पदाधिकारीबीच नै केही आर्थिक संकलन गरेका थिए ।

यसैबीच थारु कल्याणकारिणी सभा यूएईले घाइते सन्जीत महतोको विषयमा तयार पारिएको डकुमेन्ट्रीको च्यारिटी शो गर्ने तयारी थालेको छ । आउँदो शुक्रबार सबै प्रवासीहरुको पायक पर्ने ठाउँमा डकुमेन्ट्री शो गर्ने तयारी गरेको थारु कल्याणकारिणी सभाका सचिव रुपेश चौधरीले जानकारी दिनुभयो । च्यारिटी शो बाट संकलित रकम समेत घाइते सन्जीत महतोलाई पठाइने उहाँले बताउनुभयो ।

यसैबीच यूएईकै अजमान यूनिर्भसिटीमा काम गर्ने सेक्यूरिटी गार्डहरुले पनि घाइते सन्जीत महतो राहतकोषलाई आर्थिक सहयोग गरेका छन् । सेक्यूरिटी इन्चार्ज सुकदेव महतोको सक्रियतामा संकलन गरिएको ७ सय दिराम (१९ हजार ५ सय रुपैयाँ) राहतकोषका संयोजक शरदकुमार महतोलाई हस्तान्तरण गरेका हुन् ।

थरुहट आन्दोलनको क्रममा घाइते भएका सन्जीतका लागि अजमान यूनिर्भसिटीमा कार्यरत्त ठगना महतो, बुद्धिसागर पंगेनी, शालिग्राम न्यौपाने, भोलाकाजी कार्की, मानवहादुर तामाङ, निर्मल तामाङ, ललित मल्ल, पेमल तामाङ, सुदर्शन आचार्य, धनबहादुर थापा, चन्द्र सिंह रावल प्रेमबहादुर यादव भट्ट, टिकाराम न्यौपाने, भुपाल पराजुली, धनवहादुर थापा वी लगायतवाट रकम संकलन गरिएको थियो ।

यसैबीच यूएईको फुजेरामा कार्यरत्त चितवन पदमपुर घर भएका हरिराम चौधरीले समेत घाइते सन्जीत महतो राहत कोषका लागि आर्थिक सहयोग गरेका छन् । उनले बरदुवई पुगेर राहतकोषका संयोजक महतोलाई भेटेरै नगद ५ हजार आर्थिक सहयोग गरेका हुन् ।

यता काठमाण्डौंबाट पनि केही आर्थिक सहयोग प्राप्त भएको छ । वर्दियाली थारु विकास मञ्च काठमाण्डौंका अध्यक्ष तथा सांसद एवम् भूमि सुधार तथा व्यवस्था मन्त्रीका स्वकीय सचिव सिताराम चौधरीले नगद १५ हजार रुपैयाँ प्रदान गरेका छन् । थारु पत्रकार संघका महासचिव मदन चौधरीको रोहवरमा राहतकोषका सदस्य सूर्य चौधरीलाई सो रकम हस्तान्तरण गर्नुभयो ।

यसैबीच कलाकार तथा समाजसेवी रामलाल चौधरीले पनि सन्जीत राहतकोषका लागि शुक्रवार नै आर्थिक सहयोग गर्नुभएको छ । उहाँले नगद २ हजार १ सय रुपैयाँ राहतकोषका लागि सहयोग गर्नुभएको हो ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा