• होमपेज
  • समाचार
  • चितवनमा विश्व सम्मेलन हुने

चितवनमा विश्व सम्मेलन हुने

  • शुक्रबार, अशोज २०, २०७४
चितवनमा विश्व सम्मेलन हुने

चितवन, असोज २०–

चितवन युवा समूह (अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा विश्व सम्मेलन हुने भएको छ । आउँदो कार्तिक १ र २ गते पूर्वी चितवनको रत्ननगरमा दोस्रो विश्व सम्मेलन तथा चौथो साधारणसभा हुन लागेको हो ।

आज भरतपुरमा पत्रकार सम्मेलन गरि सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

वैदेशिक रोजगारमा गएका चितवनबासीहरुले यस संस्थाको स्थापना गरेका हुन् । चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले सम्मेलनमा प्रतिनिधि र पर्यवेक्षक गरि करिव ४ सय जनाको सहभागिता रहने जानकारी दिनुभयो ।

सम्मेलनबाट अध्यक्ष, उपाध्यक्ष, महासचिव कोषाध्यक्ष सहित १९ सदस्यीय नयाँ कार्यसमिति समेत चयन हुनेछ । जसमा अन्तर्राष्ट्रिय संयोजक, महिला संयोजक र क्षेत्रिय संयोजक लगायत रहने चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समितिका प्रवास संयोजक समिर खत्रीले जानकारी दिनुभयो ।

हाल यस संस्थामा कतार, ईजरायल, यूएई, दक्षिण कोरिया, जापान, कुवेत, साईप्रस, बहराईन, डेनमार्क र आयरल्याण्डमा रहेका चितवनेहरु संस्थामा आवद्ध छन् । पाँचवटा देश सहभागी हुने क्रममा रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै समितिका सल्लाहकार तथा डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि सोम सापकोटाले कार्तिकमा हुने विश्व सम्मेलन ऐतिहासिक र महत्वपूर्ण हुने बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार