• होमपेज
  • Uncategorized
  • दुईजना मिर्गौला पीडितलाई जापानबाट पाँच लाख सहयोग

दुईजना मिर्गौला पीडितलाई जापानबाट पाँच लाख सहयोग

  • शुक्रबार, अशोज २०, २०७४
दुईजना मिर्गौला पीडितलाई जापानबाट पाँच लाख सहयोग

टोकियो, जापान, असोज २० –

रकम अभावमा अस्पतालको बास भइरहेका दुईजना मिर्गौला पीडितलाई जापानवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।

पारिवारिक अवस्था नाजुक भएर उपचारार्थ अस्पतालमा लाग्ने रकमको व्यवस्था गर्न नसकेका मिर्गौला पीडितलाई पाँच लाख १७ हजार ६५० जापानीयान सहयोग गरिएको हो ।

गायक तथा संगीतकार पूर्ण गुरुङ र मित्रलाल भूसाललाई जापानवासी नेपालीले छुट्टाछुट्टै रुपमा सहयोग गरेका हुन् । गोरखाका गुरुङलाई विभिन्न संघ संस्थाबाट उठाएको रकममा थपेर तमु धींले तीन लाख ७८ हजार ९०५ जापानीयान सहयोग गरेको जनाएको छ ।

त्यस्तै गुल्मीको मुसिकोट नगरपालिका–१ पौदी अमराई अरेवाका ५३ वर्षीय भुसाललाई पौदी समाज जापानले एक लाख ३८ हजार ७४५ जापानीयान सहयोग गरेको हो ।

गुल्मीका भुसाल बचाउ दुई सातासम्म चलेको अभियानबाट संकलन भएको रकम पौदी सेवा समाज जापानका अध्यक्ष गोविन्द भुसालमार्फत पीडितसम्म पु¥याइएको छ ।

त्यस्तै घान्द्रुक समाज, पञ्चासे र जिफान तथा तमु धीं जापानले संयुक्तरुपमा गुरुङ बचाउ अभियानमार्फत रकम संकलन गरेका थिए । संकलित रकम सञ्चारकर्मी डण्ड गुरुङमार्फत पीडितसम्म पु¥याइएको छ ।

भुसालको भारतको कानपुरमा उपचार भइरहेको छ । भुसालको मिर्गौला प्रत्यारोपणमा व्यक्ति पाए पनि रु ५० लाख खर्च लाग्ने उपचारमा संलग्न डाक्टरले बताएका छन् । – रासस

Facebook Comments

सम्बन्धित समाचार