• होमपेज
  • समाचार
  • आज सुनको मूल्य घट्यो

आज सुनको मूल्य घट्यो

  • शुक्रबार, अशोज २०, २०७४
आज सुनको मूल्य घट्यो

काठमाडौं, असोज २० –

तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य साताको अन्तिम दिन घटेको छ । अघिल्लो दिनको तुलनामा सुन आज प्रतितोला चार सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५५ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

हिजो सुनको मूल्य प्रतितोला ५६ हजार रुपैयाँ थियो । चाँदीको मूल्य भने स्थिर छ । आज पनि चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार