• होमपेज
  • समाचार
  • नवलपरासीमा हृदेशका लागि एमालेले गर्‍यो मैदान खाली

नवलपरासीमा हृदेशका लागि एमालेले गर्‍यो मैदान खाली

  • शुक्रबार, अशोज २०, २०७४
नवलपरासीमा हृदेशका लागि एमालेले गर्‍यो मैदान खाली

नवलपरासी, असोज २०–

नेकपा एमाले नवलपरासीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवारको टु‌ङगो लगाएको छ । उसले क्षेत्र नं.१ मा राजपाका नेता हृदेश त्रिपाठीका लागि मैदान खाली गरेको छ ।

क्षेत्र नम्बर १ का सहसंयोजक थानप्रसाद गैह्रेले हृदेश त्रिपाठी सो क्षेत्रबाट उठ्ने तयारी गरेपछि प्रतिनिधि सभाको लागि कुनै पनि नाम सिफारिस नगरिएको जानकारी दिए । नेता त्रिपाठीले एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने यसअघि नै सहमति भैसकेको छ ।

एमाले परासीले क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा चुनावको लागि डा. शोभाकान्त ढकालको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।

प्रदेश सभा चुनावका लागि भने क्षेत्र नम्बर १ को ‘क’ बाट बृहस्पति अधिकारी, दिपेन्द्र अधिकारी, रुकमाङ्गत ज्ञवाली, टोपबहादुर सिंह ठकुरी र सांसद सिन्धु जलेसाको नाम सिफारिस गरिएको छ । १ को ‘ख’ बाट टेकनारायण उपाध्याय, रामु अर्याल, रमेश पाण्डे र गणेश पोखे्रलको नाम सिफारिस गरिएको छ ।

परासी क्षेत्रको २ नम्बर क्षेत्र अन्तर्गत प्रदेश सभा सदस्यको उम्मेदवारको लागि ‘क’ र ‘ख’ दुवै क्षेत्रबाट सर्वसम्मत रुपमा नाम सिफारिस गरीएको नेकपा एमाले परासी जिल्ला कमिटी सहसंयोजक गैह्रेले बताउनु भयो ।

क्षेत्र नम्बर २ को ‘क’ बाट सांसद बैजनाथ चौधरी र ‘ख’ बाट सिताराम चौधरीको नाम सिफारिस गरिएको उहाँले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार