• होमपेज
  • Uncategorized
  • अर्जेन्टिनाको विश्वकप यात्रा कठिन, पेरुसंग बराबरी खेल्यो

अर्जेन्टिनाको विश्वकप यात्रा कठिन, पेरुसंग बराबरी खेल्यो

  • शुक्रबार, अशोज २०, २०७४
अर्जेन्टिनाको विश्वकप यात्रा कठिन, पेरुसंग बराबरी खेल्यो

काठमाडौं, असोज २०–

आउँदो सन् २०१८ को विश्वकपको लागि अर्जेन्टिनाको छनौट यात्रा कठिन मोडमा पुगेको छ ।

शुक्रबार बिहान पेरुसँगको खेलमा गोलरहित बराबरी खेलेपछि विश्व फुटबलको महारथी मानिने टिम अर्जेन्टिना कठिन मोडमा पुगेको हो । यो अवस्था आएपछि विश्व फुटबलका स्टार खेलाडी मेस्सीलाई विश्वकपमा गुमाउनुपर्ने अवस्था देखिएको छ । खेलमा अर्जेन्टिनाले लगातार दबाब बनाए पनि पेरुको रक्षा पंक्ति र गोल रक्षक अर्जेन्टिनाका लागि बाधक बने ।

दक्षिण अमेरिकाको समूहबाट शीर्ष चारमा पर्ने समूह सिधै विश्वकपमा छनौट हुनेछन् भने पाँचौ स्थानमा पर्न सफल टिमले न्यूजिल्याण्डसँग प्ले–अफ म्याच खेल्नु पर्नेछ । एक खेल खेल्न बाँकी रहँदा अर्जेन्टिना समूहको छैठौँ स्थानमा रहेको छ ।
पाँचौ स्थानमा रहेको पेरुको भने विश्वकपमा छनौट हुने सम्भावना जीवितै छ । पेरुले अब कोलम्बियासँग आफ्नो अन्तिम खेल खेल्नेछ ।

अर्जेन्टिनाले अर्को हप्ता इक्वेडरसँग खेल्नेछ । इक्वेडरसँगको खेल जितेर पनि अर्जेन्टिनालाई विश्वकपमा छनौट हुन अरु टिमको खेलमा भर पर्नु पर्दछ ।

त्यस्तै उरुग्वेलाई भेनेजुएलाले गोलरहित बराबरीमा रोकपछि विश्वकपमा छनौट हुन बाँकी खेलहरु कुर्न पर्ने भएको छ । दोस्रो स्थानमा रहेको उरुग्वेले आजको खेल जितेको भए मात्रै विश्वकपमा छनौट हुन्थ्यो ।

Facebook Comments

सम्बन्धित समाचार