• होमपेज
  • विचार/ब्लग
  • माओवादी (केन्द्र) का अध्यक्ष प्रचण्डलाई खुल्ला पत्र

माओवादी (केन्द्र) का अध्यक्ष प्रचण्डलाई खुल्ला पत्र

  • शुक्रबार, अशोज २०, २०७४
माओवादी (केन्द्र) का अध्यक्ष प्रचण्डलाई खुल्ला पत्र

श्रदेय अध्यक्ष कमरेड,
अभिवादन,

हाल केही दिन यता नेपाल कम्युनिस्ट पार्टि (माओवादी केन्द्र) र एमाले पार्टी बीचको एकताको विषयले विभिन्न मिडिया र सामाजिक सन्जालमा भिन्न भिन्न विचारहरु छरपष्ट देख्न सकिन्छ।

तर यो एकताको विषय किन र के स्वार्थको लागि एकताको हात फैलाएका छन् यो कुरा हामीलाई थाहा नहुन पनि सक्छ तर एउटा कुरो के स्पष्ट छ भने हावा नलागि पात विल्कुलै हल्लिदैन, अहिलेको परिवेशमा एमालेसग एक्का र बास्सा हुँदा हुँदै दहरको सहर बनाउनु भनेर अघि बढ्नु पार्टि, कार्यकर्ता र शहिद परिवारको लागि पार्टि नेतृत्वले गरेको घोर अपमान हो भने अर्को तर्फ दश वर्षे महान जनयुद्ध १७ हजार नेपालीको बलिदानबाट स्थापित गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशी, समानुपातिकको जननिलाई तिलाञ्जलि दिएर एमालेसँग एकता गर्ने कस्तो राजनीति हो ?

अर्को तर्फ पार्टी स्थापना कालदेखि नै एउटै परिधिमा रहेर राजनीति गरेर केही समय अघि विभाजित भएको बाबुराम, वैद्य, विप्लवसँग एकता गर्न नसक्नेले एमालेसँग एकताको हात फैलाउनु सिङ्गो पार्टि र कार्यकर्ता माथिको घोर अन्याय र अपमान हो । हुन त राजनीतिमा कुनै ऐतिहासिक निर्णयको पछाडि खास कारण हुन्छ तर कारण जस्तो सुकै होस् गाईको पुच्छर समाउन छोडेर कसैले नि कुकुरको पुच्छर समाउदैन । हेक्का रहोस् श्रदेय कमरेड सगरमाथाको शिर र कृष्णभिरको उचाई कहिल्यै समान हुन सक्दैन । चुनावि परिणामको हिसाबले देशको तेस्रो स्थानमा भएपनि हामी गर्वका साथ भन्छौ यो देश माओवादी पार्टिको एजेन्टामा चलिरहेको छ ।

अन्त्यमा, यदि एमालेसँग एकता हुने हो भने शहिदको बलिदानको घोर अवमुल्यन हुने छ र पार्टी नेतृत्वलाई पश्चाताप गर्ने मौका पनि मिल्ने छैन ।

क्रान्तिकारि अभिवादन सहित
विश्वनाथ गौतम
जिल्ला समिति सदस्य
चितवन

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)