• होमपेज
  • Uncategorized
  • चार बुँदे माग राख्दै डा. केसीले सुरु गरे १३ औं आमरण अनसन

चार बुँदे माग राख्दै डा. केसीले सुरु गरे १३ औं आमरण अनसन

  • बिहिबार, अशोज १९, २०७४
चार बुँदे माग राख्दै डा. केसीले सुरु गरे १३ औं आमरण अनसन

काठमाडौं,असोज १९-

चिकित्सा शिक्षा सुधारको माग राखेर डा. गोविन्द केसीले आज (बिहीबार) देखि आमरण अनशन सुरू गरेका छन् । यो उनको १३ औं अनशन हो ।

संसदमा छलफलका क्रममा रहेको चिकित्सा शिक्षा विधेयक माथेमा कार्यदलको प्रतिवेदन अनुसार संशोधन हुनुपर्ने, काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामाकण्ठ मकाजू र डिन डा. राजेन्द्र कोजुलाई बर्खास्त गर्नुपर्नेलगायत ४ बुँदे माग राख्दै डा. केसीले अनशन थालेका हुन् ।

केसी त्रिवि शिक्षण अस्पताल हातामा अनशन बसेका छन् । चिकित्सा शिक्षा विधेयकको माफियामुखी संस्करण संसद्‍बाट पारित गर्न लागिएको भन्दै उनी असोज दोस्रो साता १२ औं पटक आमरण अनशन बसेका थिए ।

अनशन सुरू भएपछि संसदबाट उक्त ऐन पारित नभएपछि दसैंलाई दृष्टिगत गर्दै केसीले अनशन स्थगित गरेका थिए । त्यस बेला नै उनले असोज १९ गतेदेखि पुनः अनशन सुरू गर्ने बताएका थिए । यसबीचमा उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चिकित्सा शिक्षा ऐनलगायत विषयमा जानकारी दिँदै आफू बिहीबारदेखि अनशन बस्ने बताएका थिए ।

१३ औं अनशन सुरु गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा डा. केसीले ३ करोड नेपाली जनताको स्वास्थ्यसँग खेलवाड गर्न नसकिने भन्दै माग पूरा नभएसम्म अनशन जारी राख्ने बताए ।

Facebook Comments

सम्बन्धित समाचार