• होमपेज
  • समाचार
  • हेटौँडामा विवेकशील साझा पार्टीको भेला

हेटौँडामा विवेकशील साझा पार्टीको भेला

  • बिहिबार, अशोज १९, २०७४
हेटौँडामा विवेकशील साझा पार्टीको भेला

मकवानपुर,असोज १९-

काठमाडौं महानगरपालिकामा २१ वर्षीय रञ्जु दर्शनालाई मेयरको उमेदवार बनाएर चर्चामा आएको विवेकशील साझा पार्टीले मकवानपुरमा भेला आयोजना गरेको छ । भेलामा मकवानपुरका समर्थक शुभेच्छुकहरूको सहभागिता रहेको विवेकशील साझा पार्टीले जनाएको छ ।

हेटौँडाको अखण्ड हरिकीर्तन मन्दिरको हलमा सम्पन्न कार्यक्रममा विवेकशील साझा पार्टीको औचित्य, उद्देश्य, नीति, आदि बारेमा प्रकाश पारिएको थियो । वैकल्पिक राजनीतिक दलको रूपमा अघि बढ्न लागेको विवेकशील साझा पार्टीले जिल्लाभरि संगठन विस्तार गर्ने समेत सो अवसरमा बताइयो ।

लुटतन्त्रको वर्तमान अवस्थालाई परिवर्तन गरि राजनीतिक सुसंस्कार स्थापना गर्ने उद्देश्यलाई पूरा गर्न मकवानपुर जिल्लामा पार्टीलाई वैकल्पिक राजनीतिक शक्तीको रूपमा तयार गर्नुपर्ने जिल्ला सम्पर्क व्यक्ति महेश पाठकले जानकारी दिए । संघीय तथा प्रादेशिक निर्वाचनमा मत दिई पार्टीलाई राष्ट्रिय दलको मान्यता प्रदान गर्न उनले सबै मकवानपुरबासीलाई आह्वानसमेत गरे ।

Facebook Comments

सम्बन्धित समाचार