• होमपेज
  • Uncategorized
  • एमालेबाट प्रदेश सभाका लागि छजना सिफारिस

एमालेबाट प्रदेश सभाका लागि छजना सिफारिस

  • बिहिबार, अशोज १९, २०७४
एमालेबाट प्रदेश सभाका लागि छजना सिफारिस

लमजुङ, असोज १९–

आसन्न प्रदेश सभा निर्वाचनका लागि नेकपा (एमाले) लमजुङबाट छजनाको नाम सिफारिस भएको छ ।

एमाले प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बुधबार बसेको बैठकले सुझावसहित दुई निर्वाचन क्षेत्रका लागि छजनाको नाम जिल्ला कमिटीमा पेश गरेको हो ।

एमाले लमजुङका अनुसार निर्वाचन क्षेत्र नं १ बाट जिल्ला अध्यक्ष धनञ्जय दवाडी, भीमबहादुर गुरुङ र विष्णुमाया गुरुङलाई प्रदेशसभाको उम्मेदवार बनाउन सिफारिस गरेको छ । यस्तै, क्षेत्र नं २ बाट जिल्ला सचिव कृष्णप्रसाद अधिकारी, डा भीष्मनाथ अधिकारी र सीता गुरुङको नाम सिफारिस गरेको छ ।

कमिटीले सुझावसहित पेश गरेको नामावलीलाई २० गते जिल्ला कमिटीको बैठकमा छलफल गरी प्रदेश कमिटीमा सिफारिस गरिने जिल्ला अध्यक्ष धनञ्जय दवाडीले बताउनुभयो ।

जिल्ला कमिटीको बैठकले प्रतिनिधि सभा र प्रदेशतर्फका समानुपातिक उम्मेदवारका आकांक्षी छनोट गरी प्रदेश कमिटीमा सुझावसहित पेश गर्ने अध्यक्ष दवाडीले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार