• होमपेज
  • समाचार
  • एएफसी यु १६ छनौट आजदेखि काठमाडौंमा, नेपालले दिउँसो इराकसंग भिड्ने

एएफसी यु १६ छनौट आजदेखि काठमाडौंमा, नेपालले दिउँसो इराकसंग भिड्ने

  • बुधबार, अशोज ४, २०७४
एएफसी यु १६ छनौट आजदेखि काठमाडौंमा, नेपालले दिउँसो इराकसंग भिड्ने

काठमाडौं, असोज ४–

१६ वर्षमुनिको एएफसी च्याम्पियनसीप अन्तर्गत समूह डीको छनोट खेल आज(बुधबार) देखी काठमाडौंमा सुरू हुँदैछ।

आज उद्‌घाटन खेलमा भारत र प्यालेस्टाइन दिउँसो १२ बजे प्रतिस्पर्धा गर्दै छन्।

यस्तै आजै दिउँसो साढे ३ बजे नेपालले आफ्नो पहिलो खेलमा इराकको सामना गर्दैछ। यस्तै नेपाल र भारतबीचको खेल शुक्रबार साढे ३ बजे हुने छ।

यो दिन १२ बजे इराक र प्यालेस्टाइन प्रतिस्पर्धा गर्ने छन्।

आउने आइतबार नेपालले प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्ने छ। यो दिनको पहिलो खेल भारत र इराकबीच हुने छ।

सबै खेल काठमाडौंको हलचोक मैदानमा हुने छ। छनोट प्रतियोगितामा भाग लिएका ४० एशियाली देशलाई १० समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका विजेता र उत्कृष्ट पाँच वटा उप–विजेता गरी १५ टोली प्रतियोगिताका लागि छनोट हुनेछन्। मलेसिया भने आयोजकको रुपमा सहभागी हुने छ।

Facebook Comments

सम्बन्धित समाचार