• होमपेज
  • विचार/ब्लग
  • आज चितवन र नवलपुरका थारु समुदाय यमोसा (पितृ औंसी) पर्व मनाउँदै, यस्तो छ विशेषता

आज चितवन र नवलपुरका थारु समुदाय यमोसा (पितृ औंसी) पर्व मनाउँदै, यस्तो छ विशेषता

  • बुधबार, अशोज ४, २०७४
आज चितवन र नवलपुरका थारु समुदाय यमोसा (पितृ औंसी) पर्व मनाउँदै, यस्तो छ विशेषता

कारी महतो–

यसवर्ष चितवन र नवलपुरका थारु समुदायले असोज ४ गते (आजको दिन) धुमधामपूर्वक यमोसा अर्थात पितृऔंसी पर्व मनाउँदैछन् । थारु समुदायले वर्षभरिमा दर्जनौं चाडपर्व मनाउँछन् । हरेक पर्वहरुको आफ्नै विशेषता र महत्व हुन्छ । ती चाडपर्वहरु मध्ये “यमोसा” (पितृ औंसी) पर्व पनि एक हो । “यमोसा” चितवन र नवलपुरका थारु समुदायले मात्र मनाउने एउटा महत्वपूर्ण चाड हो ।

यस चाडमा थारु समुदायका सम्पूर्ण व्यक्तिहरुले पितृहरुलाई तर्पण गर्ने गर्दछन् र उक्त दिन औंसी पर्ने भएकोले यस पर्वलाई पितृआंैसी पनि भनिन्छ । यो पर्व असोज महिनाको औंसीको दिन पर्दछ । दशैंको घटस्थापनाको ठीक अघिल्लो दिनलाई यमोसा भनिन्छ । यमोसा पर्व दुई दिन धुमधामसँग मनाइन्छ ।

यमोसाको अघिल्लो दिनलाई मछुवारी (माछा मार्ने) भनिन्छ । त्यस दिन व्यक्तिगत वा सामूहिक रुपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा घौका, जाल, डेली, कोइनी, ढडिया आदि सरसामान लिई माछा मार्ने चलन छ । त्यसदिन खसी, बोका, हाँस, कुखुरा काट्ने पनि काट्ने गरिन्छ ।

अर्को दिन अर्थात् यमोसाको दिन पुरुषहरु सबेरै आपूmले देखेका दाभी (सिरु) काटी ल्याउँछन् । त्यसलाई केलाएर करीब एक हात लामो कुचो बनाई धोई पखालेर घर अगाडि गाईको गोबरले पोतेको ठाउमा पिर्का वा कुर्सीमा उक्त सिरुको मुठा राखी पितृ स्थापना (पहुनी बेठोइ) गरिन्छ । पहुनीलाई विभिन्न थरीका पूmलहरुले सिंगारिन्छ । घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ । पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, सुर्ती, चुरोट, रक्सी र पानी राखिन्छ । त्यस दिन बिहानै बालबच्चादेखि बुढाबुढी सबैजना नुहाई कुशपानीले पितृगणलाई तर्पण गरिन्छ । नुहाइधुवाइ गरीसकेपछि नया“ कपडा वा सफा कपडा लगाएर पहुनीको अगाडि बसेर प्रत्येकले रक्सी र पानीको केही थोपा चढाउने (छाकी चढोई) गरिन्छ । त्यसपछि मात्र खानपिन शुरु हुन्छ ।

सर्वप्रथम छोरी, ज्वाइँ वा कुनै पाहुना बोलाई खातिरदारीकासाथ चौरासी व्यञ्जन खुवाइन्छ । यसरी पाहुनालाई खुवाउनुलाई “पितरी बेठोई” भनिन्छ । पाहुनालाई खुवाइसकेपछि मात्र आपूmले खाने गरिन्छ । यता केटीहरुले पाहुनाको कपालमा तेल लगाई काइँयोले कोरीदिने गरिन्छ । त्यसपछि उल्टो नाङ्लोमा पानी राखी पाहुनालाई छम्केर शितलता प्रदान गरिन्छ । त्यसलाई “पित्पित्रायन खेदई” भनिन्छ । उक्त दिन घरमा जो कोही आए पनि पाहुना नै भनिन्छ र पाहुनालाई खुवाएरै पठाउनुपर्छ ।

लेखक: कारी महतो

यमोसाको दिन पाहुनालाई पितृगणको रुपमा हेरिन्छ । यसरी खानपिन दिनभरि नै चलिरहन्छ । उता गाउँका सबैजना एकैठाउँमा भेला भई पिङ खेलेर (बरहा झुलके) रमाइलो गरिन्छ । पहिले पहिले एउटै रुखमा पाँच छ वटा पिङ लगाइन्थ्यो । यता केटाहरुले सा“झपख गाउ“को बाटोको महत्वपूर्ण ठाउँमा “म्वाह्रा” गाड्छन् र ठूलाबडाले त्यसलाई उखेल्ने प्रयास गर्छन् ।

बेलुकीपख बालबालिका तथा केटाकेटीहरु समूह समूहमा मिलेर घर–घरमा “यमोसा” खान जान्छन् । हरेक घरमा विभिन्न किसिमका अनेकौं परम्परागत गीत गाउ“दै यम्वासा खान्छन् । उनीहरुले गाउने केही गीतहरुका अंश यसप्रकारका छन् –

गीत नं. १ डौली डौली मोदवा देले दबकाई
बौरी बौरी मोदवा देले निसकाई
मोदहर्नीक मोदवा घुघल बाजे ……
गीत नं. २ भन्साक लकर–तकर मजीघर छमाकरी,
कते गेल मैनामोती भात रचे याउरी, भात रचे याउरी ……
गीत नं. ३ पाता परैय गेल, भात परैय गेल,
दाली परैय गेल, मासु परैय गेल,
यौर परल गजमोती जेवहुँ सभरे,
गोतियवा–गोतिनिया मन चितलाई……….

तर अब ती गीतहरु, ती म्वाह्रा र बरहाहरु, पितरी र पित्पित्रायनहरु, ती पहुनी र छाकीहरु…..सबै सबै लोप हुँदैछ । थारु समुदायका केहि व्यक्तिहरुले यमोसा (पितृ औंसी) को सट्टा दशैं मात्र मनाउने गर्न थालेका छन् । किनकी हाम्रो देशमा यमोसा मनाउने वातावरण छैन ।

राज्यबाट नै वातावरण बिगार्ने काम भइरहेको छ । थारु समुदायलाई आफ्नो संस्कृति, रितिरिवाज प्यारो लाग्छ तर बाध्य भई आफ्नो संस्कृति छोड्नु परिरहेको छ । किनकी यहाँ नाम मात्रको सद्भाव छ तर गहिरिएर हेर्ने हो भने गैरथारुद्वारा थारु समुदायको संस्कृतिलाई घृणाको दृष्टिले हेरिन्छ । थारु समुदायको पर्वहरुमा विदा दिइदैन । स्थानीय विदा हुनुपर्नेमा पर्वकै दिन परीक्षा राखिन्छ । जसले गर्दा यमोसा जस्तो मौलिक तथा साँस्कृतिक सम्पदा लोप हुन गइरहेको छ ।

विभिन्न जातजातिका सँस्कृतिलाई राष्ट्रको सम्पत्तिको रुपमा जगेर्ना गर्नका लागि राज्यले नै ठोस कदम चाल्नुपर्छ अन्यथा पाश्चात्य सँस्कृतिले नेपालका मौलिक लोक संस्कृतिहरुलाई विस्थापित गर्ने कुरामा दुईमत नहोला ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)