• होमपेज
  • Uncategorized
  • क्याची एजुकेशनको अष्ट्रेलियान सेमिनारमा विद्यार्थीहरुको उत्साजनक सहभागीता

क्याची एजुकेशनको अष्ट्रेलियान सेमिनारमा विद्यार्थीहरुको उत्साजनक सहभागीता

  • मङ्लबार, अशोज ३, २०७४
क्याची एजुकेशनको अष्ट्रेलियान सेमिनारमा विद्यार्थीहरुको उत्साजनक सहभागीता

चितवन,असोज ३-

क्याची एजुकेशन एण्ड टे«निङ कन्सलटेन्सी भरतपुरले उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया जानेहरुको लागि निशुल्क सेमिनार गरेको छ । भरतपुरमा आज अंग्रेजी भाषा अभ्यासको लागि प्रोत्साहन गर्ने उद्देश्यले एक दिने निशुल्क सेमिनार गरिएको कन्सलटेन्सीका प्रवन्ध निर्देशक राहुल कुमार सिंहले जानकारी दिनुभयो । अष्ट्रेलियाको शिक्षाका लागि प्रोत्साहन र परामर्श दिने उद्देश्यले सेमिनार आयोजना गरिएको उहाँले बताउनुभयो । उक्त सेमिनारमा १सय २० बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा अष्ट्रेलिया सेफिल्ड कलेजका दलजीत मोन्गाले समग्र अष्ट्रेलियाको शैक्षिक नीति तथा त्यसका लागि आवश्यक प्राबधान एवंम कानुनी परामर्शका बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै अष्ट्रेलियामा पढाइ हुने कोर्ष, फ्रि स्टक्चर तथा नेपाल फर्केपछि त्यसको उपलब्धताको बारेमा समेत जानकारी दिएको थियो । दुई चरणमा भएको सेमिनारमा विद्यार्थीको उत्साहजनक सहगागिता रहेको थियो ।

क्याची एजुकेशन कन्सलटेन्सीको मुख्य कार्यालय काठमाण्डौँका अध्यक्ष पुरुषोतम खड्का प्रमुख अतिथि रहनुभएको कार्यक्रममा यति एयरलायइन्स भरतपुरका शाखाका प्रमुख राजेश सिंह, क्याची एजुकेशन एण्ड कन्सलटेन्सीका परामर्शदाता अनिता सिंह, चितवनका सफल युवा उधमी अनुशा पाठक , सुशीलराज जोशी र राकेशमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । क्याची एजुकेशन कन्सलटेन्सीले नर्सिङ, ईन्जिनियरिङ, होटेल म्यानेजमेन्ट, आईटी, एकाउन्टेन्ट, साईन्स लगायतका विषय पढ्न जाने विधाथीहरुलाई अभ्यास कोर्ष गराउँदै आएको छ । कार्यक्रम क्याची एजुकेशन एण्ड टेनिङ कन्सलटेन्सीका प्रवन्धक निर्देशक राहुल कुमार सिंहको अध्यक्षतामा समपन्न भएको हो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा