• होमपेज
  • समाचार
  • दलहरुले दशैं–तिहारमा चियापान तथा भोजभतेर नगर्नुस् : प्रमुख निर्वाचन आयुक्त यादव

दलहरुले दशैं–तिहारमा चियापान तथा भोजभतेर नगर्नुस् : प्रमुख निर्वाचन आयुक्त यादव

  • मङ्लबार, अशोज ३, २०७४
दलहरुले दशैं–तिहारमा चियापान तथा भोजभतेर नगर्नुस् : प्रमुख निर्वाचन आयुक्त यादव

काठमाडौं,असोज ३ –

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले राजनीतिक दलहरुलाई दशैं–तिहारमा चियापान तथा भोजभतेर नगर्न आग्रह गरेका छन् । तर दलका नेताहरुले भने खुशीयाली साटासाट गर्ने चाडपर्वमा आयोगले आचारसंहिताका नाममा अंकुश लगाउन नहुनेमा जोड दिएका छन् ।

नेपाली रेडियो नेटवर्कले स्थापनाको पहिलो वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंको लैनचौरमा आयोजना गरेको ‘‘प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा रेडियोको भूमिका’’ विषयक बहस कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले दलहरुलाई यस्तो आग्रह गरेका हुन् । ‘‘नजिकै आइरहेका दशैं–तिहारको मौका पारेर चियापान र भोजभतेर नगरि दिनु होला,’’ उनले भने, ‘‘यसले चुनाव प्रभावित हुन्छ ।’’

प्रमुख निर्वाचन अधिकृत यादवले निष्पक्ष र धाँधलीरहित चुनाव सम्पन्न गर्नका लागि हरेकले निर्वाचन आचार संहिताको पालना गर्नुपर्नेमा जोड दिए । ‘‘इमान्दारिता र आचार संहिता नेताबाट सिक्ने कि मतदाताबाट सिक्ने हेर्न बाँकी छ,’’ उनले भने । यादवले निर्वाचन आयोगलाई कानुनी अधिकार थप गरेर मजबुद अंग बनाउनुपर्ने बताए । ‘‘प्रजातन्त्र संस्थागत गर्न समय समयमा चुनाव हुनु पर्दछ । चुनाव हुनलाई निर्वाचन आयोग अधिकार सम्पन्न हुन जरुरी छ,’’ प्रमुख निर्वाचन आयुक्त यावदले भने ।

कार्यक्रममा पूर्वराज्य मन्त्री दिपक खड्काले राजनीतिक दलहरु निष्पक्ष तथा धाँधलीरहित वातावरणमा चुनाव सम्पन्न हुनु पर्ने पक्षमा रहेको बताए । ‘‘हामीहरु चुनाव निष्पक्ष रुपले सम्पन्न हुनुपर्ने पक्षमै छौं तर चाडपर्वका बेला साथीभाई, आफन्त र मन–बिचार मिल्ने समुह बोलाएर चिया पनि पिउन नपाउने रु’’ उनले आयोगलाई प्रश्न गरे । निर्वाचन आयोगले आचार संहिताका नाममा दलहरुमाथि अंकुश लगाउन नपाइने जिकिर गरे ।

यस्तै नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आगामी कार्तिक ५ गतेपछि मात्रै आचा संहिता लागु गर्नु पर्नेमा जोड दिइन् । ‘‘ उम्मेदवारको टुंगो नलागेको अवस्थामा आचार संहिता लागु गर् भन्नु जायज होईन,’’ उनले भनिन्, ‘‘सरकार र दलले आफ्ना गतिविधि गर्न नपाउनु ।’’

एकीकृत राप्रपा (राष्ट्रवादी)का अध्यक्ष प्रकाशचन्द्र लोहनीले निर्वाचन आयोगलाई कसैले वास्तै नगरेको टिप्पणी गरे । आयोगले आफ्नो दलसँग मिल्ने गरी अर्को दललाई चुनाव चिन्ह प्रदान गरेको प्रति टिप्पणी गर्दै उनले भने, ‘‘सरकार स्वयम्ले निर्वाचन आचार संहिता उल्लंघन गरिरहेको छ । निरीह आयोग केही गर्नै सक्दैन् ।’’ संवैधानिक अंगहरु निरीह हुनु मुलुकका लागि शुभ संकेत नभएको अध्यक्ष लोहनीको भनाइ थियो ।

Facebook Comments

सम्बन्धित समाचार