• होमपेज
  • Uncategorized
  • एक सय दिनमा गैंडाकोट नगरपालिकाका मेयर छत्रराजको ९४ काम (पूरा विवरणसहित)

एक सय दिनमा गैंडाकोट नगरपालिकाका मेयर छत्रराजको ९४ काम (पूरा विवरणसहित)

  • मङ्लबार, अशोज ३, २०७४
एक सय दिनमा गैंडाकोट नगरपालिकाका मेयर छत्रराजको ९४ काम (पूरा विवरणसहित)

गैंडाकोट, असोज ३–

नवलपरासीको गैंडाकोट नगरपालिका मेयर छत्रराज पौडेलले स्थानीय तहको निर्वाचनपछि मेयरको कार्यभार सम्हालेको १०० दिन पुरा भईसकेको छ । आज संविधान दिवसको अवसर पारेर मेयर पौडेलले पत्रकार सम्मेलन गरि यस अवधिमा गरिएका कार्यप्रगती विवरण सार्वजनिक गरेका छन् ।

उनले भौतिक पूर्वाधार तथा क्षमता विकास तर्फ ५१ काम, नीतिगत सुधार तर्फ २७ काम र स्वास्थ्य क्षेत्रको सुधार तर्फ १६ काम गरेको जनाएका छन् । उनले आफू निर्वाचनको समयमा घोषणापत्रमा गरेका प्रतिवद्धताहरु एक सय दिनको अवधिमा जनताले अवधिमा अनुभुती गर्नेगरि कामहरु अगाडि बढाईएको जानकारी दिए । छोटो समयमा धेरै काम गर्न नसकिएपनि समृद्ध गैंडाकोट बनाउने अभियान सुरु भएको बताए ।

मेयर पौडेलले संविधानले दिएका स्थानीय तहका अधिकारहरु पनि आवश्यक ऐन नियमहरु नवनि सकेको अवस्थामा कम गर्न असहज हुदाँ हुँदै पनि कामको सुरुवात गरिएको बताए ।

१०० दिनमा गरिएका पूर्वाधार तथा क्षमता विकास कार्यक्रमहरुः

  1. Clean City नगरपालिका अभियान अन्तर्गत नगरलाई सफा, सुन्दर र हराभरा वनाउनका लागि वातावरणमैत्री कार्यक्रमलाई आ.व. ०७४/०७५ मा पनि निरन्तरता दिदै प्रत्येक वडामा टोलसुधार समितिको सहकार्यमा सरसफाई अभियानको सुरुवात गरि सडकको दायावाया रहेका होर्डिङ वोर्ड, ठेलागाडाहरु हटाउदै लैजाने अभियानको समेत सुरुवात भएको ।
  2. जेष्ठ नागरिक तथा पूर्ण रुपमा अपांग ब्यक्तिहरुका लागि निशुल्क यात्रा गर्न सिटि वस सँग सम्झौता गरी निशुल्क रुपमा पश्चिममा शाश्वतधाम र पूर्वमा भरतपुर महानगरपालिकाको देवघाटधाम सम्म निश्ल्क यात्रा गर्ने व्वस्थाको थालनी गरिएको ।
  3. यस नगरपालकाको क्षेत्रमा रहेको महेन्द्र राजमार्गमा दिनहु जसो हुने सवारी दुर्घटना न्यूनिकरण, चोरी डकैती लुटपाट जस्ता घटनाहरुलाई कम गर्नका लागी राजमार्गका मुख्य सडकहरुमा CCTV जडान गरिएको ।
  4. छाडा छोडिएका पशु चौपायहरुका कारण राजमार्गमा सवारी दुर्घटना र नगरको सौन्दर्यमा समेत असर गरेकाले साविक गैंडाकोट र मुकुन्दपुरको सिमानामा अस्थायी प्रकर्तीको काङजी हाउस वनाइ छाडा पशुहरुको केही मात्रामा नियन्त्रण गरीएको र स्थायी समाधानका लागि आवश्यक अन्य कार्यहरु तत्काल सुरुवात गर्नका लागि अनुसन्धान अघि वढाइएको ।
  5. स्वास्थ्य जिवनका लागि खेलकुद भन्ने अभिप्रायले गैंडाकोट न.पा.- ११ मा खेलमैदान सम्याउने काम सम्पन्न भइ अन्य पूर्वाधार निर्माणका कार्यहरु तत्काल सुरुवात हुन लागेको।
  6. गैं.न.पा वडा नं. १३ मा मनमोहन सिख्रौली क्षेत्रीय रंगशालाको DPR तयार पार्ने काम सुरु भएको ।
  7. गैंडाकोट नगरपालिका वडा नं. १२-१४ जोड्ने ताउखोलामा पुल नहुदा सर्वसाधरणलाई आवत जावतमा समस्या परिरहेकाले ताउखेलामा पुल निर्माण कार्य अघि वढाईएको हाल सम्म Soil Test कार्य सम्पन्नभएको ।
  8. संयुक्त वडा कार्यालय मुकुन्दपुरवाट ४ वटा वडाहरुको सेवा प्रवाह भइ रहेकोमा सेवाग्रहीको वढ्दो चाँप र आवश्यक पूर्वाधारहरुको कमीका कारण वडा नं १० र ११ को सेवा छुट्टै भवनवाट सञ्चालन गर्नका लागि छुट्टै वार्ड कार्यालयको स्थापना गरिएको र सञ्चालन गर्नको लागि तयारी भएको ।
  9. सुन्दर हराभरा गैंडाकोट वनाउने उद्देश्यसाथ नगरका विभिन्न ठाँउहरुमा वृक्षारोपण गर्ने काम भएको ।
  10. सुविधा सम्पन्न वालमैत्री तथा अपाडमैत्री सपीङं कम्पलेक्स सहितको वडा कार्यालय निर्माणका लागि नक्साङकन कार्य अघि वढेको र हाल Soil Test को काम भइरहेको २ वर्षभित्र उक्त कार्य पुरा गर्ने लक्ष्य रहेको ।
  11. गैंडाकोटमा छुट्टै विद्युत सव-स्टेशन राख्नका लागि अनुमती प्राप्त गर्न नगरपालिकावाट स्वीकृत भई कावासोती विद्युत शाखावाट सम्वन्धन लिई विद्युत प्राधिकरण काठमाण्डौमा ईजाजत लिने कार्य अन्तिम चरणमा पुगेको ।
  12. व्रिटिशक्याम्प देखी नारायणीको तिरैतिर तटवन्धन समेत हुनेगरी वनाइने नेपालको नमुना मार्ग त्रिमार्गको ईन्जिनियरिङ अध्ययन कार्य सुरु भई नक्साङकन सहित प्रधानमन्त्री कार्यालयमा पेश गरिएको ।
  13. नगरक्षेत्र भित्रका कला, संस्कृती, भेषाभुषा जेगाउन एवम् आन्तरीक पर्यटनलाई आकर्षण गर्न नगरपालिकाको सहकार्यमा विभिन्न मेला महोत्सवहरु गरिएको ।
  14. गैंडाकोट नगरपालिकाको नयाँ भवनवाट सेवा सुरुवात भएको । उक्त भवनका लागि थप कार्यकक्ष निर्माणका लागि आवश्यक वजेट छुट्याई यसै आव ०७४/०७५ मा थप तला निर्माण गर्ने कार्य समेत अघि वढाउने नक्साङ्कन र Estimate तयार भैसकेको र Tender निकाल्न लागिएको ।
  15. गैंडाकोट नगरपालिका भित्र अध्ययन गर्ने गरिव विपन्न विद्यार्थीका लागि निशुल्क छात्रवृत्ती दिने नयाँ Project ल्याउनका लागि सम्वन्धित निकायमा पत्राचार गरी शिक्षा मन्त्रालयमा उक्त कार्य अन्तिम चरणमा पुगेको ।
  16. गैंडाकोट नगरपालिकामा शिक्षा, स्वास्थ्य, पशु, कृर्षि तथा महिला विकास अदि कार्यक्रमहरुलाई प्रभावकारी ढंगवाट अघि वढाउनका लागि सम्वन्धित क्षेत्रका जनशक्ती तयार भई शाखा स्थापना भैसकेको र उक्त शाखावाट सञ्चालन हुने कार्यहरु समेत अघि वढेको ।
  17. नगरक्षेत्रमा हुने साँध सिमाना विवाद, झै-झगडा लगायतका विभिन्न घरयासी समस्या वडामा हुने विकृती, विसंगती वारे सिधै अदालतमा मुद्धामामिला गर्ने संख्या धेरै कम भई उक्त समस्याहरुको समाधान निर्वाचित जनप्रतिनिधी मार्फत नै हुने गरेको ।
  18. गैंडाकोट नगरपालिका वडा नं. ३, १८ र १४ का केही भागलाई कृषिमा आत्मनिर्भर वनाउनका लागि वाख्रा पकेट क्षेत्रको घोषणा गरिएको ।
  19. उन्नतजातको अफ्रिकन वयर जातको वोका ल्याई वाख्रा व्यवसायलाई नेपालमै नमुना क्षेत्र वनाउनका लागि र मासुमा आत्मनिर्भर वनाउने उद्देश्यले प्रत्येक वाख्रा पाल्ने घरहरुको तथ्याङ लिने काम अन्तिम चरणमा पुगेको ।
  20. निर्वाचित जनप्रतिनिधी तथा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्नका लागि समय समयमा तालिमहरु सञ्चालन गरिएको ।
  21. गैंडाकोट नगरपालिका कार्यालयमा विद्युतको भोल्टेज कम भइ काममा असर पुगी सेवाग्राहीहरुलाई समस्या परेकाले नयाँ ट्रान्सफर्मर जोडी सञ्चालनमा ल्याइएको ।
  22. नगरवासीहरुलाई सहज हुनेगरी नगरपालिकाको कार्यालय भित्रै नयाँ बैंकको काउण्टर राख्ने काम अन्तिम चरणमा पुगेको ।
  23. गैंडाकोट नगरपालिकाभित्र विभिन्न पर्व उत्सवहरुमा स्नान गर्ने भक्तजनहरुका लागि स्नान गर्ने उचित स्थल र दाहासंस्कारका लागि व्यवस्थीत ठाउको खोजी गरी व्यवस्थीत स्थल वनाउनका लागि समिति गठन भई कार्य अघि वढेको ।
  24. पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाइ परियोजना र न.पा. विच सम्झौता भइ गैंडाकोटको वडा नं. १८ मा रहेको खानेपानीको समस्या निराकरण गर्नका लागि हाल साविक रतनपुरमा कामको सुरवात भईसकेको ।
  25. हाल नगरपालिका सँग रहेको १ मात्र ट्रिपरले नगरको फोहर व्यवस्थापन गर्न नसक्ने अवस्था रहेकाले १ ट्याक्टर खरिद गर्नका लागि Tender आह्वान गरिसकिएको ।
  26. ह्रेयुदेखेलावाट ४.५ कि.मि हुदै धोक्रेफाँटमा खानेपानीको अभाव भएकाले खानेपानी समस्या हल गर्नका लागि पाइपलाइन विस्तार गर्न सर्भे भइरहेको ।
  27. भेडावारीवाट आले हुदै दमार रतनपुर जाने वाटेमा गाडी सञ्चालनमा सहजता हुनेगरी वाटोको सुधार गरिएको ।
  28. विजुली नै नपुगेको साविक रतनपुर गाविस लगायत गैंडाकोटका विभिन्न ठाउमा उज्यालो अभियान अन्तर्गत १०० वटा सोर्य वत्ती जडान गर्ने कार्य सम्पन्न गरिएको ।
  29. जयश्री वडा नं ७ र ९ जोड्ने पुलको सर्भ, Design Estimate र Soil Test गर्ने कार्य समपन्न गरिएको ।
  30. वेल्डीहा खोला १३ र १६ जोड्ने पुलको सर्भ, Design Estimate र Soil Test गर्ने कार्य समपन्न गरिएको ।
  31. गैंडाकोट वडा नं. ४र ३ जोड्ने रानिताल नजिकै गैंडाकोट रिङरोडमा पर्ने जयश्री खोलामा पक्की पुल निर्माण गर्नको लागि Soil Test गर्ने काम सम्पन्न भएको ।
  32. गैंडाकोट नगरपालिकामा ठूला-ठूला कार्यक्रमहरु गर्न मिल्ने गरी सुविधायुक्त नगरसभा हलको निर्माणका लागि डिजाईन र ईष्टिमेट तयार गर्ने कार्य सम्पन्न गरिएको ।
  33. ५०/५० को लागत सहभागितामा नगरक्षेत्र भित्र रहेका कच्ची सडकहरुलाई कालेपत्रे गर्नका लागि आ.व. ०७४/०७५ मा आवश्यक वजेट विनियोजन गरिएको र कालोपत्रे गर्ने वाटोको लगत संकल गर्ने कार्यलाइ अघि वढाईएको ।
  34. कृषिमा आत्मनिर्भर गराउनका लागि कृषि सिंचाईका लागि नगरपालिकाको विभिन्न कृषि क्षेत्रहरुमा सिंचाइ वोरिङ गर्नका लागि वजेटको विनियोजन गरी संभाव्यताको अध्ययन कार्य अघि वढाइएको ।
  35. नगरपालिकाका विभिन्न स्थानहरुमा हालसम्म पनि विद्युत सेवावाट वंञ्चीत रहेको समुदायहरु रहेकाले उक्त स्थानमा विद्युत सेवा प्रदान गर्नका लागि यसै आवमा १ करोड २० लाख रकम विनियोजन गरी उक्त स्थानहरुमा विद्युत तारपोल र ट्रान्सफर्मरको व्यवस्था गर्न ठाँउहरुको सर्भे भइरहेको ।
  36. नगरस्वास्थ अस्पताल र स्वास्थ्य कलेज स्थापना गर्नका लागि आवश्यक अध्ययन र अनुसन्धान गर्न समिति गठन भइ सो सम्वन्धी काम अघि वढेको ।
  37. मुकुन्दपुरमा प्रहरीचौकी निर्माण कार्य सुरु गरीएको छ र यसै आ.व. वाट नै सेवा प्रदान हुने गरी तीव्र गतीमा निर्माण कार्य सुरु गरिएको ।
  38. गैंडाकोट नगरपालिका वडा नं. ३ को अती विकट वस्ती हर्दी केलादीमा हिउदको वेला अवरोध नपुग्ने गरी यातायात सञ्चालन गर्नका लागि सडक मर्मत कार्य भइरहेको ।
  39. गैंडाकोटवाट मुक्तीनाथ जोड्ने कालीगण्डकी करीडोरलाई अनुरोध गरी गैंडाकोट क्षेत्रभित्र पर्ने २६ कि.मि. सडक वर्सातमा आएको पहिरो हटाइ वुलिङटार गाँउपालिका सम्म जोड्नको लागि सडक मर्मत कार्य भइरहेको ।
  40. भईरहेको लोडसेडीङलाई मध्यनजर गरी यसै गैंडाकोट न.पा. वडा नं. ३ र वुलिङटार गाँउपालिका वडा नं. १ कोवीचमा पर्ने तरङ्ग खोलामा विद्य्त उत्पादन गर्नेगरी वस्ती निरिक्षण गरी कार्य अघि वढाउन ईजाजत दिईएको ।
  41. स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुदअन्तर्गत गैंडाकोटमा खेलकुदका लागि प्रशिक्षण केन्द्रको स्थापना गरिएको र खेलकुद प्रशिक्षक उत्पादन गर्ने गरी योजना वनाई कार्य अघि वढेको ।
  42. गैंडाकोट वडा नं. ६ र ७ मा वि.पि अन्तराष्ट्रिय रंगशाला निर्माण गर्नको लागि ईन्जिनियरीङ अध्ययन कार्य सहित प्रारम्भिक रिपोर्ट तयार गरी सम्वन्धित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र पहल गरिसकिएको ।
  43. नवलपरासी जिल्लामै पहिलो पल्ट खेलकुद क्षेत्रलाई प्रोत्साहन हुने गरी फुटसल खेलको आयोजना गरेन काम सुरु भएको र यसलाई निरन्तरता गर्ने नीति ल्याईएको सो अन्तर्गत जिल्लामै पहिलो पटक गैंडाकोटमा फुटसल खेल सम्पन्न भएको ।
  44. गैंडाकोट वडा नं. ३ ४ र ८ मा गैंडाकोट क्षेत्रीय रंगशालाको निर्माण कार्य तिव्र गतिमा अघि वढाइएको ।
  45. गैंडाकोट न.पा. वडा नं. ३ को विद्युत लाईन नपुगेको क्षेत्रमा विद्युत सेवा सुचारु गर्नका लागि विद्युत पोल पुर्याइसकिएको र अन्य कामहरु सुरु भएको ।
  46. व्रिटिश क्याम्प देखी वडा नं.३ हर्दिसम्मको मोटरवाटो वन्द रहेकोमा हाल सडकको स्तरोन्नती गरी वाटो सुचारु गर्न निर्माण कार्य भइरहेको ।
  47. वडा नं. ४ को त्रिश्क्ती चोक (शान्तीश्री मार्ग) देखी कालिगण्डकी कोरीडोर जोड्ने काम तिव्र गतिमा भइरहेको ।
  48. वडा नं. ३ मा हेयूदी खेला खानेपानी सरसफाई आयोजनाको सम्भाव्यता अध्ययन कार्य सर्भेक्षण काम सम्पन्न भईसकेको र Design Estimate कार्य भईरहेको ।
  49. गैंडाकोटको वडा नं. २ नारायणी टोल लगायत विभिन्नक्षेत्रहरुमा थप सार्वजनिक शौचालय वनाउनको लागि निर्माण समिति गठन भई निर्माण कार्य सुरु भईसकेको
  50. गैंडाकोटमा रहेका खानेपानी सरसफाइ संस्थासँग समन्वय गरी पानी सुरक्षा योजना तालिम सञ्चालन गरी सवै उपभोक्ताहरुलाई सुरक्षित खानेपानी उपलव्ध गराउने काम अघि वढेको ।
  51. गैंडाकोट न.पा. वडा नं. ४, ५, ११, १४ र १८ मा पूर्ण सरसफाईका क्रियाकलापहरु सञ्चालन भईरहेको ।

नीतिगत सुधारका पक्षहरुः

  • नगरपालिकालाई सुव्यवस्थित र निती र कानुनी रुपमा सञ्चालन गर्नका लागि तपसिल अनुसारका ‌ऐन नियम र कार्यविधीहरु नगरसभावाट पास भई सञ्चालनको अवस्थामा रहेको ।
  1. स्थानीय तहको विनियोजन ऐन, २०७४
  2. नगरसभा सञ्चालन कार्यविधी, २०७४
  3. नगरपालिकाको अर्थिक कार्यविधि व्यवस्थित गर्न वनेको कानुन, २०७४
  4. स्थानीय तहको अर्थिक ऐन, २०७४
  5. नगर कार्यपालिकाको बैठक सञ्चालन सम्वन्धि कार्यविधि, २०७४
  6. नगर कार्यापालिका कार्यसम्पादन नियमावली, २०७४
  7. नगर कार्यपालिका कार्यविभाजन नियमावली, २०७४
  8. उप-प्रमुखज्यूको संयोजकत्वमा न्यायीक समितिले पूर्णता पाई न्यायीक कार्यहरु अघि वढेको ।
  9. न.पा.को संभाव्य राजश्व अध्ययन गर्नका लागि उप-प्रमुखको अध्यक्षतामा राजश्व परामर्श समित गठन गरिएको ।
  10. गैंडाकोट नगरवासीको समृद्ध नगर निर्माणको लागि अवश्यक सुझाव संकलन गरी कार्यान्वयन गर्न गुनासो टिपी कार्यान्वयन गर्न हेल्लो मेयर गैंडाकोट फेसवुक सञ्चालनमा आएको र वडाका नगरवासीहरुको गुनासो सुन्न हेल्लो मेयर गैंडाकोटकार्यक्रम थालनीको कार्यविधी वनाई सञ्चालन गर्न अन्तिम चरणमा रहेको ।
  11. गैंडाकोट नगरपालिकामा प्राप्त हुन सक्ने कुल आयको प्रक्षेपण र सोको सन्तुलीत वितरणका लागि खाका तय गर्न नगरप्रमुखको अध्यक्षतामा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति गठन गरी कार्य आरम्भ गरिएको ।
  12. गैडाकोट नगरपालिकाका सम्पूर्ण १८ वटै वडाका घटनादर्ता (जन्म मृत्यु वसाईसराई विवाहदर्ता सम्वन्ध विच्छेद) अनलाईन मार्फत दर्ता गर्ने पद्धतिको सुरुवात भएको जस्ले गर्दा हाल सेवाग्राहीहरुले घरमै वसी घटनादर्ताका सूचना फारम भरी प्राप्त टोकन नं. र आवश्यक प्रमाणकागजका आधारमा घटनादर्ता हुने व्यवस्थाको सुरुवात भई लागु भईरहेको ।
  13. सामाजिक सुरक्षाभत्ता वितरणका लागि व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणालि एमआईएस सिष्टम(Online System) मा प्रविष्टी गरि लाभग्राहीहरुको नामावली सुरक्षित र व्यवस्थीत तरिकावाट राखिएको र समयमानै सामाजिक सुरक्षा भत्ता वैंक मार्फत वितरण गर्ने व्यवस्था मिलाईएको ।
  14. गैंडाकोट नगरपालिकाको भवन तथा योजना मापदण्ड स्वीकृत भइ लागु भईरहेको ।
  15. भुकम्प लगायत विपदवाट क्षती भएका घरको पुनःनिर्माण गर्दा नक्सापासमा पूर्ण छुट दिने निर्णय गरी कार्यान्वयन भइरहेको ।
  16. नगरपालिकाको नाममा रहेको जग्गाको साँध सिमाना छुट्याउने कार्यले पूर्णता पाई कम्पाउण्ड वालको लगत ईष्टिमेट र नक्सा तयार भई टेन्डर प्रक्रिया सुरु हुन लागेको ।
  17. नगरक्षेत्र भित्र मर्मत गर्नुपर्ने कालोपत्रे सडकहरुको लगत संकलन गरी ईष्टिमेट सहित सम्वन्धित मन्त्रालयमा अवश्यक वजेट माग गरिएको ।
  18. शिक्षा स्वास्थ्य कृषि लयागतका महत्वपूर्ण विषयहरुमा वजेट विनियोजन गरिएको र अवश्यकता र महत्वका आधारमा वजेट उपलब्ध गराउने ।
  19. कृषकसँग प्राविधक कार्यक्रम अन्तर्गत गैंडाकोट नगरपालिका क्षेत्रको प्रत्येक वडामा पशुलाई लाग्ने रोगको पहिचान गरी स्वास्थ्य परिक्षण तथा अनुगमन कार्य भइरहेको ।
  20. नगरवासीहरुको प्रत्यक्ष दैनिकीमा सरोकार राख्ने गरी सञ्चालन गरीएका व्यापार व्यवसायलाई व्यवस्थीत गराउन वजार अनुगमन कार्यको सुरुवात गरी निरन्तरता गरिएको ।
  21. गैंडाकोट नगरपालिका कार्यालयवाट प्रदान हुने कुनै विद्युतीय सेवा वन्द नहुने गरी नयाँ जेनेरेटर खरिद गरी सञ्चालनमा ल्याईसकिएको ।
  22. नक्सापासका फाईल तथा कार्यालवाट जारी भएका सिफारिसजन्य कागजातहरु पछि सेवा ग्राहीहरुले खोज्दा तुरुन्तै भेट्टाउने गरी कागजपत्रहरु राख्ने छुट्टै भवनको निर्माण कार्य सम्पन्न भएको ।
  23. नगरपालिका भएदेखी साविक गैंडाकोट गाविस १-९ को एउटै संयुक्त वार्ड कार्यालयवाट सवै काम हुदै आएकोमा हाल संयुक्त वडा कार्यालय १-४, र संयुक्त वडा कार्यालय ५-९ गरी छुट्टै गरी सञ्चालनमा ल्याईएको ।
  24. विद्युत प्राधिकरण प्रशाखा गैंडाकोटमा सेवाग्राहीहरुको विद्युत महशुल बुझाउने चाँप दिनानुदिन वढ्दै गएकाले साविकमा भन्दा थप १ घण्टा सेवाग्राहीलाई सहज हुनेगरी समय व्यव्स्था गरिएको ।
  25. गैंडाकोट नगरपालिकामा नयाँ फोहर व्यवस्थापन केन्द्र स्थापना गर्न छुट्टै समिति गठन भईसकेको र स्थान खोजी कार्य भइरहेको ।
  26. गैंडाकोट नगरपालिकाक्षेत्र भित्र रहेका सार्वजनीक जग्गाको तथ्याङक संकलनगर्ने काम भईरहेको र यसै आ.व. भित्र लगत राख्नेकाम सम्पन्न हुनेगरी काम भईरहेको ।
  27. गैंडाकोट नगरपालिकालाई २०७४ चैत्र मसान्तसम्म वालमैत्री नगरपालिका घोषणा गरी सकने गरी वालमैत्री कार्यलाई तिव्रता दिईएको ।

स्वास्थ्य क्षेत्रको सुधारः

  1. नगरस्वास्थ शाखा स्थापना तथा नयाँ भवन निर्माण भइ कार्यान्वयनमा रहेको ।
  2. गैंडाकोट स्वास्थय चौकीमा प्रयोगशाला स्थापना गरी गरिव असाहाय वर्गहरुलाई न्यूनतम दररेटमा ल्याव परिक्षण गर्ने कार्यको थालनी
  3. असहाय तथा निम्न वर्गका परिवारलाई लक्षित गरी सुरक्षित गर्भपतन सेवा गैंडाकोट स्वास्थ्य चौकी मार्फत उपलब्ध गराईएको ।
  4. गैंडाकोट आयूर्वेद औषधालयमा स्नेहन स्वेदन (वाफँवाट सेक्ने विधी) सञ्चालनमा आएको र हाल दिनमा करिव ५० जना सेवाग्रहीहरुले सेवा लिदै आएको ।
  5. गैंडाकोट नगरपालिका अन्तर्गतका संस्थाहरु स्वास्थ्य चौकी शहरी स्वास्थ्य क्लिनीक आदीमा आवश्यक जनशक्तीको व्यवस्था मिलाई साविक १० वजेदेखी २ वजेसम्म कार्य हुदै आएकोमा हाल १० देखी ५ वजेसम्म नै स्वास्थ्य उपचारको सेवा प्रदान गरिएको ।
  6. गैंडाकोट अमरापुरी स्वास्थ्य चौकीमा पूर्वाधार तथा स्तरोन्नतीका लागि निर्णयहरु भई आवश्यक काम अघि वढाँइएको ।
  7. गैंडाकोट स्वास्थ्यको मातहतमा रहने गरी स्त्रीहरुको प्रसुती सेवा लगायत अन्य विरामीको सहजताका लागि नगरपालिकावाट पत्र स्विकृत गरी स्वास्थ्य मन्त्रालयमा एम्वुल्न्सका लागि प्रक्रिया थालनी गरी अन्तिम अवस्थामा पुगेको र आ.व. ०७४/०७५ भित्रै एम्वुलेन्स आउनेगरी कार्य सम्पन्न भएको ।
  8. शहरी स्वास्थ्य क्लिनीक ढोडेनीमा आफ्नै भवन निर्माण गरी स्थानान्तरण गर्नका लागि आधारभुत संरचना तयार भईरहेको ।
  9. नगरभित्र स्वास्थ्य सम्वन्धि हुने विभिन्न असंवैधानिक क्रियाकलापको नियन्त्रण गर्न प्रभावकारी अनुगमनको थालनि गरीएको ।
  10. पितौजीघाँटको स्वास्थ्य चौकीमा रहेको फार्मेसीलाई टेण्डर प्रक्रियावाट संचालन गर्ने व्यवस्था मिलाईएको ।
  11. पितौजीघाँट वर्थीङ सेन्टरको लागि थप ‌औषधी तथा उपकरणको व्यवस्था मिलाईएको ।
  12. पितौजीघाँट स्वास्थ्य चौकीको जग्गा संरक्षणका लागि विभिन्न निर्णय र कार्यहरु गरिएको ।
  13. अमरापुरी स्वास्थ्य चौकीमा सेवा लिन जान सहजताका लागि वाटो ग्रावेल गरीएको र स्वास्थ्य चौकीमा कम्पाउण्ड वाल गरिएको ।
  14. शहरी स्वास्थ्य क्लिनक ढोडेनीमा गर्भवती तथा प्रसुती सेवा तथा खोप सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक जनशक्तिको व्यवस्था गरिएको ।
  15. नगरपालिकामा स्वास्थ्य सम्वन्धि गतिविधिहरुको Analysisसमिक्षा गर्ने पद्धतिको सुरुवात गरिएको ।
  16. पितौजीघाँट स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी १५शैयाको अस्पताल वनाउन बवश्यक पूर्वाधार तयार गरी सम्वन्धित मन्त्रालयमा पेश गरिएको ।
Facebook Comments

सम्बन्धित समाचार