• होमपेज
  • समाचार
  • भेडा च्याङ्ग्रा बाटोमै मरेपछि दश लाखको नोक्सान

भेडा च्याङ्ग्रा बाटोमै मरेपछि दश लाखको नोक्सान

  • मङ्लबार, अशोज ३, २०७४
भेडा च्याङ्ग्रा बाटोमै मरेपछि दश लाखको नोक्सान

फलेवास (पर्वत),असोज ३ –

हिमालपारिको जिल्ला मुस्ताङबाट ट्रकमा ल्याइएका भेडा च्याङ्ग्रा सोमबार बाटोमै मरेका छन् ।

दशैँ र तिहारका लागि लक्षित गरी पोखरा लैजाँदै गरेका करिब ६० भेडा च्याङ्ग्रा बाटोमै मरेका हुन् । पोखराका व्यापारी प्रवीण अधिकारीले ल्याएका च्याङ्ग्रा एउटै ट्रकभित्र जबर्जस्ती कोचिएका कारण मरेका हुन् ।

अधिकारीले रु २२ लाखको लगानीमा १३० भेडा च्याङ्ग्रा ल्याएको बताउनुभयो । उहाँले पाँच दिन लगाएर उपल्लो मुस्ताङबाट भेडा च्याङ्ग्रा ल्याएको बताउनुभयो । च्याङ्ग्रा मरेपछि अधिकारीको झण्डै रु १० लाखभन्दा बढी नोक्सान भएको छ । अन्य च्याङग्रा पनि अस्वस्थ छन् ।

Facebook Comments

सम्बन्धित समाचार