• होमपेज
  • समाचार
  • सरकार विस्तारको निर्णय सच्याउन आयोगको आग्रह

सरकार विस्तारको निर्णय सच्याउन आयोगको आग्रह

  • मङ्लबार, अशोज ३, २०७४
सरकार विस्तारको निर्णय सच्याउन आयोगको आग्रह

काठमाडौं,असोज ३ –

निर्वाचन आयोगले सरकार विस्तारको निर्णय सच्याउन सरकारसँग आग्रह गरेको छ ।

निर्वाचन आचारसंहिता जारी भैसकेपछि दुई जना राज्यमन्त्री थप गरेको भन्दै निर्वाचन आयोगले निर्णय सच्याउन आग्रह गरेको हो ।

“आचारसंहिता जारी भइसकेपछि भएको सरकारको मन्त्रिपरिषद् विस्तार गर्ने निर्णयबाट निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिष्पर्धा कुण्ठिन हुने, राज्यका संवैधानिक निकायहरुबीच संवैधानिक दायित्वबमोजिमका शक्ति सन्तुलन तथा पृथकीकरणको सिद्धान्तको अबमुल्यन हुने र निर्वाचन आचारसंहिता प्रतिकुलसमेत हुने भएकाले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय अविलम्ब सच्याउन आयोग सरकारसँग आग्रह गर्दछ,” निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मात्रै दुई राज्यमन्त्री थप गरेका थिए ।

यसअघि भदौ २६ गते पनि आयोगले मन्त्रिपरिषद् विस्तारको कार्यले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्न सक्ने हुँदा यस किसिमका कार्य नगर्न नगराउन सरकारलाई आग्रह गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार