• होमपेज
  • Uncategorized
  • हङकङसँग खेल्न नेपाली क्रिकेट टोलीको घोषणा,को को परे ?

हङकङसँग खेल्न नेपाली क्रिकेट टोलीको घोषणा,को को परे ?

  • सोमवार, अशोज २, २०७४
हङकङसँग खेल्न नेपाली क्रिकेट टोलीको घोषणा,को को परे ?

काठमाडौं,असोज २ –

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँगको खेलका लागि नेपाली टिमको घोषणा भएको छ ।

पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा भएको हो । त्यस्तै ४ खेलाडीलाई वैकल्पिकको रुपमा राखिएको छ । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले बुधबार नेपाली क्रिकेट टिमका खेलाडी छनोट गरेका हुन् ।

हङकङसँगको खेलका टोलीमा पर्ने खेलाडीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, सागर पुन, विनोद भण्डारी, करण केसी र सोमपाल कामी रहेका छन् ।

त्यस्तै शुशिल कंडेल, कुशल भुर्तेल, सुसन भारी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने पनि टोलीमा अटाएका छन् । नेपाली टोलीको वैकल्पिकमा कुशल भुर्तेल, नरेश बुढाएर, जितेन्द्र मुखिया र महेबुब आलम रहेका छन् ।

नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैठौ चरणको खेल अन्तर्गत हङकङसँग उसैको घरेलु मैदानमा आगामी अक्टोबर १३ र १५ तारिखमा खेल्दैछ ।

हङकङसँगको खेलको अन्तिम तयारी गर्न नेपाली टोली हाल भारतको चेन्नई पुगेको छ । भारतमा रहँदा नेपाली टोलीले प्रशिक्षणका साथै स्थानीय क्लबहरुसँग अभ्यास खेल खेल्नछ । नेपाली टोलीले त्यहाँ चार खेल खेल्नेछन् । आगामी सेप्टेम्बर २७ मा स्वदेश फर्कने नेपाली टोलीले भारतका स्थानीय क्लबहरुसँग सेप्टेम्बर १९,२१,२३ र २५ मा अभ्यास खेल खेल्नेछन् ।
च्याम्पियनसिपमा नेपाल छैटौँ स्थानमा रहेको छ । नेपालले १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजित हँुदै ८ अंक जोडेको छ ।

च्याम्पियनसिपमा हङकङ चौथो स्थानमा रहेको छ । हङकङको १० खेलबाट ११ अंक रहेको छ । च्याम्पियनसिपको शीर्ष स्थानमा नेदरल्याण्ड, दोस्रोमा पपुवा न्युगिनी र तेस्रो स्थानमा स्कटल्याण्ड रहेका छन् ।

नेपाल अन्तिम ४ मा पर्दै विश्वकप छनोटमा स्थान बनाउनका लागि हङकङलाई पराजित गर्नै पर्ने हुन्छ । नेपालले हङकङपछि आफ्नो अन्तिम खेल युएईसँग खेल्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार