• होमपेज
  • Uncategorized
  • विवाहको प्रस्ताव राख्न यसरी खेत जोते प्रेमीले

विवाहको प्रस्ताव राख्न यसरी खेत जोते प्रेमीले

  • सोमवार, अशोज २, २०७४
विवाहको प्रस्ताव राख्न यसरी खेत जोते प्रेमीले

एजेन्सी,असोज २ –

घुँडा टेकेर, कार्डमा लेखेर, राम्रो रेष्टुरेन्टमा लगेर आफ्नी प्रेमीकालाई प्रपोज गरेको त हामी सबैले सुनेका छौं । तर, कसैले खेत जोतर पनि प्रस्ताव गर्न सक्छ भनेर कमै मानिस सोच्न सक्छन् ।
हालै इङ्ल्यान्डको डेवोनमा बस्ने एक कृषि इन्जिनियरले आफ्नी प्रेमीकालाई खेत जोतर प्रपोज गरेका हुन् । ३९ वर्षीय टम प्लूमले आफ्नी प्रेमिका जेना सिम्पसनका पिताकै खेत जोत्न पहिले आफ्ना ससूरालाई फकाउन सफल भएका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

जेना र टम पछिल्लो १० वर्षदेखि प्रेम सम्बन्धमा थिए । यसरी अचानक टमले रोम्यान्टिक अन्दाजमा प्रपोज गरेपछि उनी पहिले त दङ्ग परिन् र पछि उत्साहित हुँदै ‘हुन्छ’ भनिन् । टमले उनलाई आँखा छोपेर खेत नजिक लगेका थिए र मानिसको हल्ला सुन्दा उनलाई टमले नयाँ गाई ल्याए भन्ने लागेको थियो । पछि उनले खेतमा ‘म्यारी मी’ लेखेको देख्दा खुसीले जेनाको आँसु थामिएन ।

Facebook Comments

सम्बन्धित समाचार