काठमाडौँ,असोज २ –
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का विराज विष्ट र कमला देवी शर्मालाई सोमबार सिंहदरबारमा राज्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ ।
देउवा सरकारको मन्त्रिममण्डल जम्बो भएको भन्दै चौतर्फि आलोचना खेपिरहेका बेला फेरि मन्त्रिपरिषद् विस्तार भएको हो । देउवाको ५४ सदस्यीय मन्त्रिमण्डल रहेको छ । साथै उहाँले आज २ जना मन्त्री थप्नु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)बाट विराज विष्ट र कमला शर्मा राज्यमन्त्रीमा थपिनु भएको हो ।