• होमपेज
  • Uncategorized
  • एमाले भरतपुर ४ को आयोजनमा श्रद्धाञ्जली सभा

एमाले भरतपुर ४ को आयोजनमा श्रद्धाञ्जली सभा

  • सोमवार, अशोज २, २०७४
एमाले भरतपुर ४ को आयोजनमा श्रद्धाञ्जली सभा

उमेश काफ्ले

चितवन,असोज २-

नेकपा एमाले भरतपुर ४ को आयोजनमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । स्थानिय समाजसेवी एवं नेकपा एमाले चितवनका पुर्व क्षेत्रीय सल्लाहकार ठानेश्वर कंडेलको निधन भएको ९ औ दिनको पुण्य तिथिको अबसरमा सोमबार श्रद्धाञ्जली सभा गरिएको हो । कंडेलको ७६ बषको उमेरमा गत आईतबार बिहान ९ बजे निधन भएको थियो ।

श्रद्धाञ्जली सभामा एमाले चितवनका अध्यक्ष एब सासंद कृष्णभत्त पोखरेल,केन्द्रीय सल्लाहकार समिति सदस्य देवी ज्ञवाली,प्रदेस सदस्य बिजय सुबेदि,जिल्ला उपाध्यक्ष तेजेन्द बहादुर खड्का,जिल्ला सचिवालय सदस्य कृष्ण प्रसाद न्यौपाने लब्लि,कृष्ण भुर्तेल  ,लगाएतका जिल्ला नेताहरुको उपस्थिति रहेको थियोे । जिल्ला नेताले स्वगिय कंडेलले सामाजिक तथा राजनैतिक योगदानको चर्चा गरेका थिए । स्वर्गिय कंडेल बिभिन्न सामाजिक तथा राजनीतिक कृयाकलापमा सक्रिय थिए ।

स्वर्गिय कंडेल तत्कालीन भरतपुर ४ को लक्ष्मि माविको संचालक समिति सदस्य ,रेडक्रस उपशाखा लंकुको सभापति,नवज्योति राप्रविको जग्गा दाता एंब संस्थापक,जयगणेश मन्दिरको सल्लाहकार,नेकपा एमालेको साबिक ४ नम्बर वडाको वडा अध्यक्ष लगाएत सामाजिक काममा सक्रिय जिवन विताएका थिए । स्वगिय कंडेलका १ श्रीमती १ छोरा र २ छोरी रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार