• होमपेज
  • Uncategorized
  • जोरबिजोर प्रणालीको विरोधमा अटो रिक्साको आजपनि चक्काजाम तथा धर्ना

जोरबिजोर प्रणालीको विरोधमा अटो रिक्साको आजपनि चक्काजाम तथा धर्ना

  • सोमवार, अशोज २, २०७४
जोरबिजोर प्रणालीको विरोधमा अटो रिक्साको आजपनि चक्काजाम तथा धर्ना

चितवन,असोज २-

भरतपुर महानगरपालिकाले असोज १ गते आइतबारबाट तीन पांग्रे सवारी साधनलाई रिंगरोडमा जोरबिजोर प्रणाली लागू गरेपछि विरोधमा उत्रिएका अटो रिक्सा व्यवसायीहरुले आजपनि चक्काजाम तथा धर्ना दिएका छन् । भरतपुरको केन्द्रिय वस टर्मिनलचोक,पुल्चोक र भरतपुर महानगरको कार्यालय अगाडी भरतपुर ओरालोमा रिक्सा तेर्साएर उनिहरुले यातायात सञ्चालनमा अवरोध पु¥याएका छन् ।

भरतपुर महानगरपालिकाले रिङरोड (पुल्चोकदेखि केन्द्रीय बसपार्क र बसपार्कदेखि आँपटाडीसम्मको बाइपास सडक) मा अटो रिक्साहरुलाई जोर बिजोर प्रणाली बसालेको थियो । प्रणाली बसालेकै दिन आइतबारदेखि अटो व्यवसायीहरु विरोधमा उत्रेर यातायात सञ्चालनमा नै अवरुद्ध गरेका छन् । समस्या समाधानका लागी आज सर्वपक्षिय वैठक वोलाइएको छ । अटो व्यवसायीहरु विरोधमा उत्रे पनि महानगरपालिका आफ्नो निर्णयमा पछि नहट्ने बताउदै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार