• होमपेज
  • समाचार
  • मन्त्रिपरिषद् फेरि विस्तारको तयारी, विराज विष्ट र कमला शर्मालाई मन्त्री बनाईंदै

मन्त्रिपरिषद् फेरि विस्तारको तयारी, विराज विष्ट र कमला शर्मालाई मन्त्री बनाईंदै

  • सोमवार, अशोज २, २०७४
मन्त्रिपरिषद् फेरि विस्तारको तयारी, विराज विष्ट र कमला शर्मालाई मन्त्री बनाईंदै

काठमाडौं, असोज २ –

इतिहासकै जम्बो मन्त्रिपरिषद् बनाएर आलोचित हुनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन मंगलवार न्यूयोर्क उड्नुअघि दुई राज्यमन्त्री थप्ने तयारी देउवाले गर्नुभएको हो ।

देउवाको मन्त्रिपरिषदमा राप्रपा प्रजातान्त्रिकका विराज बिष्ट र कमला शर्मालाई समावेश गर्न लागिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । सिंहदरवारका जारी मन्त्रिपरिषदको बैठकपछि प्रधानमन्त्री देउवाले थप मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा पठाउने वताइएको छ । आजै थप मन्त्रीलाई सपथ गराई उहाँ मंगलवार अमेरिका जान लाग्नु भएको हो । नयाँ विस्तारपछि देउवा सरकार ५६ सदस्यीय हुने भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार