• होमपेज
  • समाचार
  • राजपा अध्यक्ष ठाकुर स्थानीय निर्वाचनमा सहभागी भएनन्

राजपा अध्यक्ष ठाकुर स्थानीय निर्वाचनमा सहभागी भएनन्

  • सोमवार, अशोज २, २०७४
राजपा अध्यक्ष ठाकुर स्थानीय निर्वाचनमा सहभागी भएनन्

काठमाडौं, असोज २ –

स्वास्थ्यमा समस्या आएका कारण राजपा अध्यक्ष महन्थ ठाकुर प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा सहभागी हुन सकेनन् । स्वास्थ्यमा समस्या आएका कारण उनी गएराति नै काठमाडौं फर्किएका छन् । नेता ठाकुर चुनावको प्रचार प्रसारको क्रममा समेत सहभागी भएका थिएनन् ।

उनी सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ८ का मतदाता हुन् ।

गृहजिल्ला सर्लाही भएका राजपाका नेताहरु राजेन्द्र महतो, महेन्द्र यादव लगायतले भने मतदानमा भाग लिएका छन् । त्यस्तै सर्वसाधारणले समेत उत्साहका साथ चुनावमा सहभागीता जनाएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार