• होमपेज
  • समाचार
  • मतपत्र उल्टो पटाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल सामाजिक सञ्जालमा छाए

मतपत्र उल्टो पटाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल सामाजिक सञ्जालमा छाए

  • सोमवार, अशोज २, २०७४
मतपत्र उल्टो पटाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल सामाजिक सञ्जालमा छाए

काठमाडौं, असोज २ –

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मतदान गरेपछि मतपेटिकामा खसाल्न लागेको मतपत्र उल्टो पट्याइएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

एमाले निकट प्रेस चौतारीका केन्द्रीय सदस्य समेत रहेका पत्रकार फणि महतले फेसबुकबाट माधव नेपालको तस्वीर सार्वजनिक गर्दै स्टाटस लेखे ‘रौतहटमा मतदाता शिक्षा पुगेको छैन भन्ने उदाहरण !’

महतले प्रतिकात्मक रुपमा राखेको सो तस्वीर एकाएक भाइरल बन्यो । पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले नजानेर मतपत्र उल्टो पट्याएका हुन् त रु सामाजिक सञ्जालमा यो प्रश्न पनि उठ्यो ।

त्यस्तै अन्नपूर्ण पोस्टका पत्रकार रामकृष्णा अधिकारीले ‘मतपत्र कसरी पट्याउन पर्छ हेक्का नभएको ’ सन्देश लेखी तस्बिर सहित पोष्ट गरेका छन् ।

कतिपयले निर्वाचन आचारसंहिता विपरीत माधव नेपालले सूर्य चिन्हमा मत दिएको देखिने गरी मतपत्र प्रदर्शन गरेको आरोप पनि लगाउन भ्याए ।

पत्नी गायत्री नेपालसहित नेता नेपालले रौतहटको गौर नगरपालिकास्थित जानकी कन्या प्रावि मतदान केन्द्रमा मतदान गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार