• होमपेज
  • Uncategorized
  • कालिगण्डकी नदिमा नवलपरासी र तनहुं जोड्ने मोटरेवल पुल निर्माण सम्पन्न, संसदिय समितीद्धारा निरिक्षण

कालिगण्डकी नदिमा नवलपरासी र तनहुं जोड्ने मोटरेवल पुल निर्माण सम्पन्न, संसदिय समितीद्धारा निरिक्षण

  • आइतवार, अशोज १, २०७४
कालिगण्डकी नदिमा नवलपरासी र तनहुं जोड्ने मोटरेवल पुल निर्माण सम्पन्न, संसदिय समितीद्धारा निरिक्षण

ज्ञानु पगेनी

नवलपरासी,असोज १-

नवलपरासीको बौदीकाली गांउपालिकाको डेढगाउ र तनहुको घिरिङ्ग जोड्ने कालीगण्डकी नदिमा निर्माण भएको मोटरेवल पुलको आज (आईतवार)संसदिय विकास समितीको टोलीले निरिक्षण गरेको छ । संसदिय विकास समितीका सभापती रविन्द्र अधिकारीको नेतृत्वको ४ जनाको टोलीले पुलको निरिक्षण गरेको हो ।

निरिक्षणपछि स्थानीयलाई सम्बोधन गर्दै सभापती अधिकारीले कालिगण्डकी नदिमा निर्माण भएको पुलले चिनको केरला नाकादेखी भारतको त्रिवेणी भैसालोटनसम्म जोड्ने काम गरेको बताए । उनले अब सडकको स्तरउन्नती गरेर भारतदेखी तिब्बतसम्म जोड्ने मुख्य नाकाका रुपमा विकास गरिने वताए ।

नवलपरासीको नवलपुर र तनहुं हुदै पोखरासम्म जोड्ने कालीगण्डकी नदिमा निर्माण भएको सो मोटरवेल पुरको लम्बाई १ सय ७० मिटर रहेको छ । रसुवा हिमदुुङ्ग निर्माण कम्पनी एण्ड ठोकर कन्सल्टेन्सी जेभी प्रालिले १६ करोड रुपैयाको लागतमा पुल निर्माणको जिम्मा लिएको थियो । सो पुलमा एकतर्फी मात्रै गाडी गुडाउन मिल्छ । पुलको निर्माणकार्य सम्पन्न भएकाले केहिदिनमै सवारी संचालन गरिने साईड इन्चार्ज कुमार गुरुङले बताए ।

सो पुलको निर्माण आर्थिक बर्ष ०६७/०६८ शुरु गरिएको थियो । २०७२ सालको असार मसान्तसम्म सक्नुपर्ने सम्झौता भएको भए पनि एक वर्ष म्याद थप गरेर २०७३ सालको असार मसान्तसम्म भ्याउने गरि समय थप गरिएको थियो । तर गत वर्षको असार १८ गते कालीगण्डकी नदिमा ठूलो बाढी आउदा पुलको एक तिहाई भाग बगाएपछि फेरि एक वर्ष समय थप भएको थियो । पुल संचालनमा आएपछि नवलपरासी पहाडी भेगका बासिन्दालाई पोखरा जान सजिलो हुने छ ।

डेढगाउंबाट ५२ किलोमिटर यात्रा गरेपछि पोखरा पुग्न सकिन्छ । तनहु र नवलपरासी जोड्ने गरी बनाएको उक्त पुल संचालनमा आएपछि नवलपरासीको दलदलेबाट डेढगाउं हुंदै तनहूको खैरेनीटार हुुदै पोखरा जोड्ने पहाडी मार्ग पूर्ण रुपमा सञ्चालनमा आउने छ ।

Facebook Comments

सम्बन्धित समाचार