• होमपेज
  • समाचार
  • पूर्व अर्थमन्त्री पाण्डेद्धारा नदि कटान क्षेत्रको अबलोकन

पूर्व अर्थमन्त्री पाण्डेद्धारा नदि कटान क्षेत्रको अबलोकन

  • आइतवार, अशोज १, २०७४
पूर्व अर्थमन्त्री पाण्डेद्धारा नदि कटान क्षेत्रको अबलोकन

चितवन,असोज १-

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले शनिवार रत्ननगरमा बाढीबाट भएको नदि कटान क्षेत्रको अबलोकन गरेका छन । साउनको अन्तिम साता आएको बाढीले रत्ननगर ९ खगेरी खोलाले कटान गरेको क्षेत्रको अबलोन गरेका हुन । साँसद समेत रहेका पाण्डेले नदी कटानले खेतिपाती र जमिनमा पुर्याएको क्षतिको अबलोकन गरेका थिए । उनले जनताको घरघरमा पुगेर बाढीले पुर्याएको क्षति र त्यसले पारेको नकरात्मक असरका बारेमा जानकारी दिएका थिए । रत्ननगर ९ लालपर्सा र बालुवाटार हुदै बग्ने खगेरी खोलाले कटान गर्दा स्थानीयबासीको खेतियोग्य जमिन नष्ट भएको छ ।

अनुगमनका क्रममा नेता पाण्डेले नदि कटानबाट यहाँका जनता र अन्नबाली संरक्षणका लागि खगरी खोलामा तटबन्धन गर्ने बताए । तटबन्धनको लागि खगरी आयोजना र जल उत्पन्न प्रकोप आयोजनालाई काम सुरु गर्न आग्रह गरेको उनले बताए । नदि कटानको दीर्घकालिन सामधानको लागि सम्बन्धित निकायलाई आग्रह गरेको बताए । वडा नं.९ का वडा अध्यक्ष रोशन आचार्य,नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य कृष्ण खनाल,एमाले नेता केपि लामिछाने र कृष्ण पन्त सहितको टोलीले नदि कटान क्षेत्रको अबलोकन गरेको हो ।

फाईल तस्विर

Facebook Comments

सम्बन्धित समाचार