• होमपेज
  • Uncategorized
  • अस्पतालका कर्मचारी चुनावमा खटिएपछि रौतहटमा उपचारको अभावमा बालकको मृत्यु

अस्पतालका कर्मचारी चुनावमा खटिएपछि रौतहटमा उपचारको अभावमा बालकको मृत्यु

  • आइतवार, अशोज १, २०७४
अस्पतालका कर्मचारी चुनावमा खटिएपछि रौतहटमा उपचारको अभावमा बालकको मृत्यु

रौतहट, असोज १ –

अस्पतालका कर्मचारी चुनावमा खटिएपछि उपचारको अभावमा रौतहटमा एक बालकको ज्यान गएको छ ।
रौतहटका स्वास्थ्य क्षेत्रका सम्पूर्ण कर्मचारीलाई निर्वाचन आयोगले मतदान केन्द्रमा पठाएपछि स्वास्थ्य सेवा ठप्प भएको छ । जसका कारण उचार गर्न नपाएर राजदेवी नगरपालिका–४ मुडबलवाका प्रमोद महतोका ३ वर्षको छोरा शुभम महतोको ज्यान गएको छ ।
पर्खाल भत्किएर गम्भीर घाइते भएका बालक महतोलाई आफन्तले उपचारको लागि जिल्ला अस्पताल गौर पु¥याएका थिए । अस्पतालमा उपचार गर्ने स्वास्थ्यकर्मी कोही पनि नहुँदा एक घन्टासम्म छट्पटिएर बालकको ज्यान गएको आफन्तले बताएका छन् ।
अस्पताल नै स्वास्थ्यकर्मीबिहीन भएर उपचारको अभावमा बालकको ज्यान गएपछि आक्रोशित भएर आफन्तहरुले अस्पतालमा तोडफोड र प्रदर्शन गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार