• होमपेज
  • Uncategorized
  • के कुनै विशेष गीत सुन्दा तपाईको रौँ ठाडो हुन्छ ?

के कुनै विशेष गीत सुन्दा तपाईको रौँ ठाडो हुन्छ ?

  • आइतवार, अशोज १, २०७४
के कुनै विशेष गीत सुन्दा तपाईको रौँ ठाडो हुन्छ ?

एजेन्सी,असोज १ –

विश्वका सबै मानिसहरु संगीत सुन्न रुचाउँछन् । धेरैजसो मानिसहरुको संगीतसँग अनौठो सम्बन्ध हुन्छ । कतिपय गीतहरुले जीवनका केही मिठा अथवा तिता सम्झनाहरुको याद समेत दिलाउने गर्दछन् । कुनैकुनै बेलामा गीत सुन्दा हाम्रो रौँ समेत ठाडो हुने गरेको छ । के तपाईलाई यसको कारण थाहा छ ?

यदि तपाईलाई पनि कुनै एउटा गीतले विशेष अनुभव दिलाएर रौँ ठाडो पारिदिन्छ भने थाहा पाइरहनुहोस् तपाई अरु मानिस भन्दा फरक हुनुहुन्छ । तपाईको दिमाग सामान्य मानिसभन्दा बेग्लै छ । हालै गरिएको एउटा अध्ययनमा यो पत्ता लागेको हो कि यस्तो किसिमको अनुभव थारै मानिसले मात्र गर्न सक्छन् । तपाईको दिमागले फरक तरिकाले सोच्न सक्छ भने मात्र तपाईलाई यस्तो अनुभव हुनेछ ।

युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियाकी एलिसा डेरले यसबारेमा अध्ययन र अनुसन्धान गरेकी थिइन् । यस्ता मानिसहरुको दिमागको नसा अडिटरी कोर्टेक्ससँग जोडिएको हुन्छ । यसै कारणले उनीहरु कुनै एउटा विशेष गीत सुन्दा बढी भावुक हुन्छन् र संगीतको सबै पक्षलाई बुझ्न सक्ने क्षमता विकास गर्छन् । गीतहरुको शब्दप्रति उनीहरुले विशेष झुकाव महसुस गर्ने गर्छन् । त्यस्ता मानिसलाई आफ्ना सम्बन्धप्रति पनि धेरै लगाव हुन्छ र उनीहरु छिटै भावुक हुन्छन् ।

Facebook Comments

सम्बन्धित समाचार