• होमपेज
  • समाचार
  • बारामा प्रहरीको कडा सुरक्षा, तालिम प्राप्त कुकुरबाट निगरानी

बारामा प्रहरीको कडा सुरक्षा, तालिम प्राप्त कुकुरबाट निगरानी

  • आइतवार, अशोज १, २०७४
बारामा प्रहरीको कडा सुरक्षा, तालिम प्राप्त कुकुरबाट निगरानी

दुष्यन्त चौधरी,
बारा, असोज १–

प्रदेश नंं २ का जिल्लाहरुमा भोली हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रदेश नं.२ अन्तरगत पर्ने बारा जिल्लामा अपराधिक गतिविधि रोक्नलाई जिल्ला प्रहरी कार्यालयले सुरक्षा व्यवस्थालाई निकै कडा पारेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहले शनिबारदेखि नै जिल्लामा रहेका सम्पूर्ण मतदान केन्द्रलगायत आसपासका क्षेत्रमा तालिम प्राप्त कुकुरबाट चेकजाँच हुँदै आईरहेको जानकारी दिए।

सुरक्षाका लागि गरिएको यस्तो कडाई जिल्लामा पहिलो पल्ट नै हो। छिमेकी देश भारतसँग खुल्ला सिमा रहेकाले अपराधीहरूले सजिलैसँग उम्किन सक्ने भएकोले जिल्ला प्रहरी कार्यालय बाराले यस्तो अभियान चलाएको हो ।

“जिल्लामा यस्तो किसिमका तालिम प्राप्त कुकुर ल्याएका छौ, जुन अहिलेसम्म कुनै पनि घटनाको अपराधी उनको चंगुलबाट उम्किन सकेका छैनन्”–प्रहरी नायव उपरीक्षक शाहले भने । जिल्लामा रहेका सम्पूर्ण मतदान केन्द्रहरूमा प्रहरी निरिक्षकको टोलीले कुकुरको सहयोगमा चेकजाँच गरिरहेका छन् ।

साथै निर्वाचनलाई लक्षित गरि जिल्लामा ३८ वटा मोबाइल टोलीको व्यवस्थापन गरिएको छ। गाउँपालिकामा २ वटाका दरले र नगरपालिकामा १ वटा मोबाइल टोलीको व्यवस्थापन गरिएको उनले बताए । रिजर्भ प्रहरीहरू समेत तयारीका साथ राखिएको उनले बताए ।

जिल्लामा चुनाव नजिकिएका बेला निजगढ, टाँगियाबस्ती तथा दहियारमा बिस्फोटका घटनाहरु भएकाले प्रहरीले विशेष निगरानी राखिएको जानकारी दिए । प्रहरीले मतदाताहरूलाई ढुक्क भएर मतदान स्थलमा पुगि मतदान गर्न आग्रह गरेको छ । त्यसैगरी कुनै किसिमको बाराबासीलाई मतदान गर्न असहज तथा शंकास्पद लागेमा जिल्ला प्रहरी कार्यालय बारा वा नजिकको प्रहरी चौकीमा खबर गर्न प्रहरी नायब उपरीक्षक साहले आग्रह गरेका छन् ।

साथै निर्वाचनलाई नै लक्षित गरि जिल्ला प्रहरी कार्यालय बाराले मदिरा बेचबिखन गर्नमा रोक लगाएका छन् । प्रहरी नायब उपरीक्षक शाहका अनुसार अपराधी गतिविधि गर्ने प्रायः जसो मदिरा सेवन गर्ने गरेकाले असोज ४ गतेसम्मका लागि बेचबिखनमा रोक लगाईएको छ । यस्तै रातिको बेला जिल्लामा रहेका होटल, लजलगायतका स्थानमा प्रहरीले दैनिक चेकजाँच गर्न थालेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा