• होमपेज
  • समाचार
  • ललितपुरको पाटनमा सवारी साधन निषेध

ललितपुरको पाटनमा सवारी साधन निषेध

  • आइतवार, अशोज १, २०७४
ललितपुरको पाटनमा सवारी साधन निषेध

काठमाडौं,असोज १ –

ललितपुर महानगरपालिकाले विश्व सम्पदा सूचीमा रहेको ललितपुरको पाटन दरबार क्षेत्रमा सवारी साधन प्रतिबन्ध लगाउने तयारी गरेको छ । सवारी चापका कारण त्यहाँ घुम्न आउने पर्यटकलाई असहज भएको भन्दै अबदेखि उक्त क्षेत्रमा सवारी साधन निषेध गर्ने तयारी गरिएको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताए ।

ट्राफिक प्रहरीले आइतबार ललितपुरमा गरेको कार्यक्रममा महर्जनले भने, “विश्व सम्पदामा सूचीकृत भएका कुनै पनि स्थानमा सवारी साधन लैजान मिल्दैन । तर, हाम्रो पाटन दरबार क्षेत्रमा मनपरी सवारी साधन चलाउने गरिएको छ, यसले धेरै असर परेको छ । त्यसैले हामी अब दरबार क्षेत्रमा सवारी निषेध बनाउने तयारीमा छौं ।”

Facebook Comments

सम्बन्धित समाचार