• होमपेज
  • Uncategorized
  • एसीसी यु १९ एशिया कप छनौट फाईनलः हङकङद्धारा नेपाल सामु ७७ रनको झिनो लक्ष्य

एसीसी यु १९ एशिया कप छनौट फाईनलः हङकङद्धारा नेपाल सामु ७७ रनको झिनो लक्ष्य

  • आइतवार, अशोज १, २०७४
एसीसी यु १९ एशिया कप छनौट फाईनलः हङकङद्धारा नेपाल सामु ७७ रनको झिनो लक्ष्य

चितवन, असोज १–

मलेसीयामा जारी एसीसी यु १९ एशिया कप अन्तरगतको पूर्वी क्षेत्रीय छनौटको उपाधिकालागि अहिले नेपालले हङकङको सामना गरिरहेको छ ।

टस हारेर पहिले व्याटिङ गरेको हङकङ ३२.१ ओभरमा ७६ रनमै सेमिटयो । पहिलो ओभरमै विकेट गुमाएको हङकङ सम्हालिएर व्याटिङ गरेपछि एक समय ३५–१ को अवस्थामा थियो । त्यसपछि नेपाली बलरसामु हङकङका व्याट्सम्यान निरीह सावित भए । हङकङका लागि हरपित सिंहले सर्वाधिक ३६ रन बनाए भने हामिद खानले ३० रन बनाए ।

किनारा ओभल मैदानमा भईरहेको खेलमा नेपालका सहाब आलम र सन्दिप लामिछानेले समान ३/३ विकेट लिए । अनिल कुमार शाह र दिपेन्द्रसिंह ऐरीले समान एक/एक विकेट लिए ।

नेपाल ७७ रनको लक्ष्य लिएर केहीबेरमा जवाफी व्याटिङमा उत्रिदै छ ।

नेपालले हिजो घरेलु टोली मलेसीयालाई १० विकेटले पराजित गर्दै फाईनल यात्रा तय गरेको थियो भने हङकङले सिंगापुरलाई पराजित गर्दै नेपालसंगको भिडन्त पक्का गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार