• होमपेज
  • समाचार
  • कांग्रेस नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा

कांग्रेस नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा

  • आइतवार, अशोज १, २०७४
कांग्रेस नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा

टोकियो,असोज १-

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा परेका छन् ।

पार्टीको भातृ संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भाग लिन कांग्रेस नेताहरु धनराज गुरुङ र प्रदीप पौडेललाई निम्त्याइएको थियो । हिजो अपराह्न टोकियोस्थित हानेदा विमानस्थल आइपुगेका उनीहरुमध्ये गुरुङलाई प्रवेश अनुमति दिइए पनि पौडेललाई भने अध्यागमनले नियन्त्रणमा लिएको छ ।

झण्डै २४ घण्टा हुँदासमेत उनलाई अध्यागमनले नियन्त्रणमै राखेको छ । पौडेललाई रिहा गर्न टोकियोस्थित नेपाली राजदूतावास र नेपालबाट नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासमेतले फोन गरेर कोसिस गरेपछि सफल हुन सकेको छैन् ।

उनलाई नियन्त्रणमा राख्नुको कारण पनि अहिलेसम्म अध्यागमनले दिएको छैन् । जापानस्थित नेपाली जनसम्पर्क समितिको बिश्वस्त सूत्रले दिएको जानकारीअनुसार उनीहरुका साथमा केही पार्टीसँग असम्बन्धित मानिसहरु पनि थिए । धनराज गुरुङपछि इमिग्रेसन पुगेका उनीहरुले जापानबाट फर्किने कुरामा आश्वस्त पार्नेगरी जवाफ दिन नसकेपछि सबैभन्दा अन्तिममा इमिग्रेसन पुगेका पौडेल पनि उनीहरुसँगै नियन्त्रयणमा परेको उनीहरुले जानकारी दिएका छन् ।

आज साँझ पाँच बजे अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको भए पनि अहिलेसम्म पौडेल नियन्त्रयणमा परेकोबारे जनसम्पर्क समितिले औपचारिक रुपमा जानकारी गराएको छैन् ।

Facebook Comments

सम्बन्धित समाचार