• होमपेज
  • Uncategorized
  • प्रदेश नम्बर २ मा भोलि मतदानः ६६ सय २७ जनप्रतिनिधि चुनिँदै

प्रदेश नम्बर २ मा भोलि मतदानः ६६ सय २७ जनप्रतिनिधि चुनिँदै

  • आइतवार, अशोज १, २०७४
प्रदेश नम्बर २ मा भोलि मतदानः ६६ सय २७ जनप्रतिनिधि चुनिँदै

काठमाडौँ,भदौं २-

स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत बाँकी रहेको प्रदेश नम्बर २ मा भोलि निर्वाचन हुँदैछ। निर्वाचनबाट प्रदेश नम्बर २ का स्थानीय तहले ६ हजार ६ सय २७ जनप्रतिनिधि पाउनेछन्।

प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहका लागि भोलि बिहान ७ बजेदेखि वेलुकी ५ बजेसम्म मतदान हुनेछ। प्रदेश नम्बर २ का सप्तरी, सिरहा, महोत्तरी, बारा, पर्सा, धनुषा, सर्लाही र रौतहटमा एक साथ मतदान हुन लागेको हो। निर्वाचनका लागि ३ हजार ५७७ मतदान केन्द्र तोकिएको छ।

उक्त मतदान केन्द्रको सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका ६ हजारदेखि ८ हजारसम्म सुरक्षाकर्मी तैनाथ गरिने छ। सीमा नाका हिजोदेखि ७२ घण्टाका लागि बन्द गरिएको छ।

१ महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेको यो प्रदेशमा २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन्। निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार