• होमपेज
  • Uncategorized
  • एसीसी यु १९ एशिया कप छनौट फाईनलः नेपाल टस जितेर बलिङ गर्दै, नेपाललाई नवौं सफलता

एसीसी यु १९ एशिया कप छनौट फाईनलः नेपाल टस जितेर बलिङ गर्दै, नेपाललाई नवौं सफलता

  • आइतवार, अशोज १, २०७४
एसीसी यु १९ एशिया कप छनौट फाईनलः नेपाल टस जितेर बलिङ गर्दै, नेपाललाई नवौं सफलता

चितवन, असोज १–

मलेसीयामा जारी एसीसी यु १९ एशिया कप अन्तरगतको पूर्वी क्षेत्रीय छनौटको उपाधिकालागि अहिले नेपालले हङकङको सामना गरिरहेको छ ।

टस जितेर नेपालले फिल्डिङ रोजेपछि हङकङ व्याटिङमा उत्रिएको छ । किनारा ओभल मैदानमा भईरहेको खेलमा २९ ओभरको समाप्तिामा हङकङले ९ विकेट गुमाउँदै ७२ रन बनाएर खेलीरहेको छ । नेपालका अनिल कुमार शाहले पहिलो ओभरमै विकेट लिएका थिए । सहाब आलमले ३ विकेट लिएका छन् । सन्दिप लामिछानेले २ विकेट लिए ।

नेपालले हिजो घरेलु टोली मलेसीयालाई १० विकेटले पराजित गर्दै फाईनल यात्रा तय गरेको थियो भने हङकङले सिंगापुरलाई पराजित गर्दै नेपालसंगको भिडन्त पक्का गरेको थियो ।

लाईभ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

Facebook Comments

सम्बन्धित समाचार