• होमपेज
  • Uncategorized
  • भरतपुर ११ को गणेशस्थान मन्दिर परिसरमा विक्षारोपण

भरतपुर ११ को गणेशस्थान मन्दिर परिसरमा विक्षारोपण

  • शनिबार, भदौ ३१, २०७४
भरतपुर ११ को गणेशस्थान मन्दिर परिसरमा विक्षारोपण

चितवन,भदौं २९-

भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको गणेशस्थान मन्दिर संरक्षण सम्वद्र्धन समितिको आयोजनामा मन्दिर परिसरमा वृक्षरोपण गरिएको छ । शनिबार आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेणू दाहाल प्रमुख अतिथि रहेकी थिइन् । हरेक स्वस्थ्य नागरिकका लागि छ वटा ठूला रुखको आवश्यकता पर्ने भएकाले हरेक व्यक्तिले रुप खोप्दै त्यसलाई जोगाउनुपर्ने दाहालको भनाइ थियो । रुख रोपेर मात्रै नहुने भएकाले रुख हुर्काउन समेत सबैले आवश्यक सहयोग गर्नुपर्ने दाहालले बताइन् ।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष बाबुराम अधिकारीले नगरभित्रका हरेक घर अगाडि दुई वटा विरुवा हुर्काउनुपर्नेमा जोड दिए । महानगरपालिकाले भवन निर्माणको नक्सा पास गर्दा समेत वृक्षरोपण गर्नुपर्ने गरि नक्सा पास गराउनुपर्ने अधिकारीको भनाइ थियो । रोटरी पार्क सहित गणेशस्थानका विभिन्न भागमा दुई सय भन्दा बढी बिरुवा रोपिएको गणेशस्थान मन्दिर संरक्षण सम्वद्र्धन समितिका अध्यक्ष दिनेश कुमार चुकेले जानकारी दिए ।

गणेशस्थान मन्दिर क्षेत्र धार्मिक क्षेत्रको रुपमा स्थापना हुँदै गएपछि यस ठाउँलाई पर्यटकीय क्षेत्रको रुपमा समेत विकास गर्दै अगाडि बढ्नुपर्ने चुकेले बताए । वृक्षरोपण कार्यक्रममा भरतपुरकी नगर प्रमुख रेणु दाहाल, वडा नम्बर ११ का अध्यक्ष बाबुराम अधिकारी, रोटरी क्लबका पूर्व गभर्नरसहितका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार