• होमपेज
  • समाचार
  • चितवनका ५० कृषक सम्मानित,बजारीकरणको व्यवस्था गरिदिन सरकारसँग माग !

चितवनका ५० कृषक सम्मानित,बजारीकरणको व्यवस्था गरिदिन सरकारसँग माग !

  • शनिबार, भदौ ३१, २०७४
चितवनका ५० कृषक सम्मानित,बजारीकरणको व्यवस्था गरिदिन सरकारसँग माग !

चितवन,भदौं ३१-

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ अन्तर्गतको तरकारी जोनले परियोजना लागू भएको क्षेत्रका ५० जना किसानलाई सम्मान गरेको छ । परियोजनाले आर्थिक वर्ष २०७३÷ं७४ मा सञ्चालन गरेको कार्यक्रममा सहभागी भइ तरकारी खेती व्यावसायिकरणमा योगदान पु¥याएका भन्दै तरकारी जोनमा आवद्ध ५० जना किसानलाई शनिबार सम्मान गरिएको हो । सम्मानित भएका किसानहरुलाई जनही तीन हजार पाँच सय रुपैयाँ सहित कदर पत्रद्वारा सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा किसानहरुले बजारीकरणको अभावमा तरकारी किसानहरु पलायन हुने अवस्था रहेको दुखेसो पोखे । उनिहरुले अनुदान सहयोगसगै बजारको पनि व्यवस्था गरिदिन माग गरे ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पकेट, ब्लक, जोन र सुपरजोन कार्यक्रम सञ्चालनमा रहेका छन् । चितवनमा पकेट र ब्लक क्षेत्र जिल्ला कृषि विकास कार्यालय चितवनबाट सञ्चालन हुँदै आएको छ भने तरकारी जोनको लागि छुट्टै कार्यालय स्थापना गरेर परियोजना लागू भएको छ । भरतपुर महानगरपालिकाको पश्चिमी क्षेत्रमा सञ्चालित तरकारी जोनले करिब छ सय १७ हेक्टर क्षेत्रफलका छ सय ५० जना किसानलाई समेटेको छ । सो कार्यक्रममा संयोजक बालीका गिरीको अध्यक्षता र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको प्रमुख आतित्थ्यता रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार