• होमपेज
  • Uncategorized
  • चितवनमा ‘चौथो दशैं कप अन्तर लियो फुटसल प्रतियोगिता’ हुने

चितवनमा ‘चौथो दशैं कप अन्तर लियो फुटसल प्रतियोगिता’ हुने

  • शनिबार, भदौ ३१, २०७४
चितवनमा ‘चौथो दशैं कप अन्तर लियो फुटसल प्रतियोगिता’ हुने

चितवन, भदौं ३१–

लियो क्लव अफ नारायणगढ चित्रवनको आयोजनामा चौथो दशैं कप अन्तर लियो फुटसल प्रतियोगिता हुने भएको छ । ‘दशैं, तिहारमा रमाउँ लियोको साथ’ भन्ने नारासहित आउँदो असोज ७ गते ब्रोदर्श फुटसल क्षेत्रपुरमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको विजेताले नगद २० हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र, र द्धितिय हुने टिमले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष पुरुषोत्तम सुवेदीले जानकारी दिनुभयो । यस्तै प्रतियोगितामा सहभागि एक टिमलाई फेयर प्ले टिम अवार्ड प्रदान गरिने छ । प्रतियोगितामा टिम दर्ता शुल्क २ हजार ५ सय रुपैयाँ रहेको छ ।

प्रतियोगितामा चितवन गैंडाकोटका लियो क्लवहरुले सहभागिता जनाउँदैछन् । यसअघि आयोजित दशैं कप फुटसलको पहिलो संस्करणको उपाधि लियो क्लव अफ गैंडाकोट मौलाकालिकाले उचालेको थियो भने दोस्रो र तेस्रो संस्करणको उपाधि लियो क्लव अफ रत्ननगरले हात पारेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि