• होमपेज
  • Uncategorized
  • चितवनको शानको रुपमा उदाउँदै ‘सिजी ल्याण्डमार्क’, निर्माण अन्तिम चरणमा

चितवनको शानको रुपमा उदाउँदै ‘सिजी ल्याण्डमार्क’, निर्माण अन्तिम चरणमा

  • शनिबार, भदौ ३१, २०७४
चितवनको शानको रुपमा उदाउँदै ‘सिजी ल्याण्डमार्क’, निर्माण अन्तिम चरणमा

चितवन, भदौं ३१–

देशकै मध्यभागमा पर्ने चितवनमा पछिल्लो समय जनघनत्व बढ्दै गईरहेको छ । यहाँ सबै खाले मानिसको बसोबास रहेको छ । पछिल्लो समय भरतपुर नगरपालिका, उपमहानगर हुँदै महानगरपालिका बनेपछि अहिले धेरैको ध्यान भरतपुर तर्फ परेको छ । व्यापारिक हिसाबले पनि महत्वपूर्ण रुपमा मानिएको चितवनमा पछिल्लो समय ठूला–ठूला सपिङ सेन्टहरु निर्माण हुन थालेका छन् ।

भरतपुरमा देशकै चर्चित भाटभटेनीको शाखा संचालनमा आएसंगै चितवनमा ठूला मलहरुको आवश्यकता प्रष्ट पारेको छ । यही अवस्थालाई मध्यनजर गर्दै चौधरी ग्रुपले भरतपुरमा ठूलो मल निर्माण गरिरहेको छ । निर्माणको अन्तिम अवस्थामा रहेको ‘सिजि ल्याण्डमार्क’ सबैको प्रतिक्षाको विषय बनेको छ । अहिले यस ‘सिजि ल्याण्डमार्क’को बुकिङ खुल्ला समेत गरिएको छ । यस कम्प्लेक्स १० तलाको रहेको छ ।

‘सिजि ल्याण्डमार्क’ मा उपलब्ध सेवाहरु

एउटै छानामुनि सपिङ, सिनेमा अनि स्वादिला परिकार पाइने फुडपार्क । केटाकेटीलाई मनोरञ्जनका लागि गेमिङ जोन र स्वीमिङ पुल अनि विजिनेस होटल पनि यस कम्प्लेक्समा रहेको छ । कम्पलेक्समा उपभोक्ताका लागि सबै वस्तुहरु भएको सुपर मार्केट, होटल, जिम हाउस, स्पा, स्वीमिङ पुल, गेम जोन, मल्टी प्लेक्स, रेष्टुरेन्ट, फुड कोर्ट लगायतका सुविधाहरु रहनेछन् । ल्याण्डमार्कमा उपभोक्ताले पार्किङको कुनै झण्झट व्यहोर्नु पर्ने छैन् । पछिल्लो समय नारायणगढ बजारमा पार्किङको समस्या भईरहेको बेला यस कम्प्लेक्समा भने सहज रुपमा पार्किङको व्यवस्था गरिएको छ । सुरक्षाको दृष्टिकोणले पनि यो कम्प्लेक्स एकदमै ढुक्क रहेको छ ।

कुन तलामा के सुविधा ?

 ‘सिजी ल्याण्डमार्क’को ग्राउण्ड, पहिलो, दोस्रो र तेस्रो तलामा खुद्रा सपिङ सेन्टर हुनेछ । जहाँ सामान्य तरकारी देखि दैनिक जिवनमा आवश्यक अधिकांश वस्तुहरु एकै ठाउँमा किन्न सकिने छ ।

चौथो र पाँचौ तलामा मल्टी प्लेक्स, फुड कोर्ट, गेमिङ जोन, कन्फ्रेन्स हल, ब्यांक्वेट लगायतका सुविधाहरु हुनेछन् । कम्पलेक्समा आएका बाबुआमालाई आफ्ना छोरा छोरी भुलाउन सहज हुनेछ । किनभने छुट्टीको दिनमा बच्चाहरुले गेमिङजोनमा रमाउन पाउनेछन् । खानका लागी पनि त्यहाँ रेष्टुरेन्ट तथा फुड कोर्टको व्यवस्था हुनेछ ।

छैठौं, सातौं, आठौं र नवौं तलामा बिजनेश होटल सञ्चालन गरिनेछ । चितवनमा व्यापार गर्न आउने व्यवसायी, पर्यटक र यात्रुहरुलाई लक्षित गरी सञ्चालन गर्न लागिएको होटलमा ५० वटा कोठाहरु हुनेछन् ।

होटल अन्तराष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न हुनेछ । विश्वब्यापी रुपमा प्रचलनमा रहेका विजनेश होटेलको आवस्यकता पुर्ति गर्न यस्तो होटल निर्माण गर्न लागिएको हो । त्यहाँ स्पा, जीम, रुफ टप स्वीमिङ पुल, गार्डेन लगायतका सुविधाहरु हुनेछन् । नेपालमा सञ्चालनमा आएका मलहरुभन्दा सेवा, क्वालिटी, व्यवस्थापन र फिनिसिङमा सीजी ल्याण्डमार्क अगाडी रहने चौधरी ग्रुपको दावी छ ।

नौ महिना भित्रमा पूर्णरुपमा संचालनको तयारी

‘सिजी ल्याण्डमार्क’ को निर्माणको काम धमाधम चलिरहेको छ । भरतपुर महानगरपालिका–१० स्थिति क्याम्पस गेट अगाडि निर्माण भईरहेको यस कम्प्लेक्सको निर्माणका धेरै काम सकिएका छन् । बाहिर र भित्रगरि प्लास्टरका काम सकिएको छ । अन्य केही सजावटका कामहरु बाँकी छन् ।

कम्प्लेक्स पूर्ण रुपमा ६ महिना भित्रमा निर्माण सम्पन्न हुने र तीन महिना भित्रमा व्यावयासीहरुले आफ्नो पसलको डेकोरेशन तयार पार्ने सिजी ल्याण्डमार्कका सेल्स एण्ड मार्केटिङ म्यानेजर अनुज शंकर श्रेष्ठले नारायणी अनलाईनलाई जानकारी दिनुभयो । ती सबै काम सकिएपछि कम्प्लेक्सक औपचारिक रुपमा संचालनमा आउने छ । सो कम्प्लेक्स सन् २०१५ को अप्रिलसम्म सञ्चालनमा ल्याउने तयारी गरिएपनि विविध कारणले ढिलाई भएको थियो । यस कम्प्लेक्स पूर्ण रुपमा तयार हुन करिव २ अरव खर्च हुने चौधरी ग्रुपले जनाएको छ ।

 ‘सिजी ल्याण्डमार्क’ चितवनको शान र नयाँ पहिचान होः श्रेष्ठ

 ‘सिजी ल्याण्डमार्क’का सेल्स एण्ड मार्केटिङ म्यानेजर अनुज शंकर श्रेष्ठले यस कम्प्लेक्स चितवनकै शान र पहिचान बन्ने बताउनुभएको छ । नारायणी अनलाईनसंग कुरागर्दै उहाँले महानगर बनी सकेको चितवनमा यती ठूलो लगानीमा पहिलो कम्प्लेक्स निर्माण हुनु चितवनबासीको गौरव भएको बताउनुभयो ।

उहाँले भन्नुभयो–“चितवनबासी काठमाडौं गएर सपिङ गर्ने गरेका छन्, अब त्यो बाध्यता हट्नेछ, यहाँको सबैको लाईफस्टाल नै परिवर्तन हुनेछ ।” उहाँले परिवर्तित लाईफस्टाललाई सहज बनाउन सिजी ल्याण्डमार्कले भुमिका खेल्ने बताउनुभयो । उहाँले चौधरी ग्रुपले काठमाडौं बाहिर यति ठूलो लगानी चितवनमा भित्र्याएकोले यसको फाईदा यहाँका बासीन्दाले लिनुपर्ने बताउनुभयो । यो कम्प्लेक्स चितवनकै सबैभन्दा अग्लो संरचनाको रुपमा समेत चिनिदै छ । यहाँबाट हरियो वन, सुन्दर नारायणी नदी अनि तराईको फाँट देख्न सकिन्छ ।

 ‘सिजी ल्याण्डमार्क’का सेल्स एण्ड मार्केटिङ म्यानेजर श्रेष्ठले सिजी ल्याण्डमार्क सञ्चालनमा आएपछि यहाँका मानिसले आफ्नै आँगनमा अन्तराष्ट्रिय स्तरको सपिङ अनुभव लिन पाउने बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार