• होमपेज
  • Uncategorized
  • एसीसी यु १९ एशिया कप छनौटः मलेसीयालाई १० विकेटले पराजित गर्दै नेपाल फाईनलमा (फोटोफिचर)

एसीसी यु १९ एशिया कप छनौटः मलेसीयालाई १० विकेटले पराजित गर्दै नेपाल फाईनलमा (फोटोफिचर)

  • शनिबार, भदौ ३१, २०७४
एसीसी यु १९ एशिया कप छनौटः मलेसीयालाई १० विकेटले पराजित गर्दै नेपाल फाईनलमा (फोटोफिचर)

काठमाडौं, भदौं ३१–

नेपाल एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आज (शनिबार) भएको सेमिफाइनलमा घरेलु टोली मलेसियामाथि १० विकेटको शानदार जित निकाल्दै नेपाल फाइनलमा स्थान बनाएको हो। फाइनल पुगेसंगै नेपाल यू–१९ एसिया कपमा छनोट भएको छ।

मलेसियाले दिएको १ सय २२ रनको लक्ष्य नेपालले २३.१ ओभरमा बिना विकेटको क्षतिमा पुरा गर्‍यो। नेपालको जितमा ओपनरद्वय सन्दीप सुनार नटआउट ५१ र मोहमद आसिफ शेखले नटआउट ५० रन जोडे । सन्दीपले ७७ बल खेलेर ८ चौका प्रहार गरे भने आशिफले ६५ बलमा ८ चौका र १ छक्का प्रहार गरे।

यसअघि मलेसियाको बायुमास ओभलमा टस जितेको नेपालले पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको मलेसिया ४२ ओभर १२१ रनमा अलआउट भयो। मलेसियालाई सामान्य योगफलमा समेट्ने क्रममा नेपालका कप्तान दीपेन्द्रसिंह एेरी एक्लैले ५ विकेट लिए। यस्तै पवन शर्राफले २, रोहित पौडेल, सन्दीप लामिछाने र सहाब अलामले पनि समान १/१ विकेट लिए ।

नेपालले अब सिंगापुर र हङकङबीचको विजेतासंग उपाधिका लागि भिड्ने छ ।

Facebook Comments

सम्बन्धित समाचार