• होमपेज
  • Uncategorized
  • सरकार भन्छः नेपालमा १ लाख युवा मात्रै बेरोजगार छन्

सरकार भन्छः नेपालमा १ लाख युवा मात्रै बेरोजगार छन्

  • शनिबार, भदौ ३१, २०७४
सरकार भन्छः नेपालमा १ लाख युवा मात्रै बेरोजगार छन्

काठमाडौं भदौं ३१-

सरकारले नेपालमा १ लाख ९ हजार जना युवा बेरोजगार भएको तथ्याङक सार्वजनिक गरेको छ । श्रम तथा रोजगार मन्त्रालय अन्तरगतको श्रम विभागले सो तथ्याङक सार्बजनिक गरेको हो । श्रम विभागको १४ अन्चलमा स्थापना गरेको रोजगार सूचना केन्द्रले उपलब्ध गराएको विवरणका आधारमा १ लाख ९ हजार ८ जना युवा बेरोजगार रहेको तथ्याङक सार्बजनिक गरिएको हो ।

विभागले स्थापना गरेका रोजगार सुचना केन्द्रको सम्पर्कमा आएका बेरोजगारको मात्रै तथ्यांक राखिएको विभागका महानिर्देशक देवकुमार ढकालले जानकारी दिए । विभागका निर्देशक हरि शर्मा नै सो तथ्यांकभन्दा धेरै युवा बेरोजगार भएको स्वीकार गर्छन् । ‘सूचना केन्द्रले उपलब्ध गराएको विवरणका आधारमा तथ्याङक निकालेका हौं,’ शर्माले  भने ।

अहिले झन्डै ४० लाख युवा बैदेशिक रोजगारीमा रहेको अनुमान गरिएको छ । दैनिक १५ जना नेपाली युवा रोजगारीको लागि दैनिक विदेश जाने गरेको तथ्यांक श्रम मन्त्रालय अन्तरगतकै बैदेशिक रोजगार विभागले सार्बजनिक गरिरहेको समयमा सो मन्त्रालय अन्तरगको अर्को विभाग श्रमले भने जम्मा १ लाख युवा मात्रै बेरोजगार रहेको हास्यास्पद तथ्यांक सार्बजनिक गरेको हो ।

विभागको तथ्याङक अनुसार देशमा सबैभन्दा बढी बेरोजगार युवा सेती अञ्चलमा र सबैभन्दा कम सगरमाथा अन्चलका छन् । सेती अञ्चलमा १३ हजार १ सय ४१ र सगरमाथा अञ्चलमा ४ हजार ६ सय ३६ जना युवा बेरोजगार छन् ।

Facebook Comments

सम्बन्धित समाचार