• होमपेज
  • Uncategorized
  • भरतपुर महानगर कार्यपालिकाः काँग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै एमालेको बहुमत (मत परिणामसहित)

भरतपुर महानगर कार्यपालिकाः काँग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै एमालेको बहुमत (मत परिणामसहित)

  • शुक्रबार, भदौ ३०, २०७४
भरतपुर महानगर कार्यपालिकाः काँग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै एमालेको बहुमत (मत परिणामसहित)

चितवन, भदौं ३०–

भरतपुर महानगरको कार्यपालिकामा आज भएको निर्वाचनमा नेकपा एमालेका बहुमत सदस्य विजयी भएका छन् । ८ पदका लागि भएको निर्वाचनमा एमालेका ६ जना सदस्य र काँग्रेस–माओवादी गठबन्धनका २ सदस्य निर्वाचित भएका छन् ।

एमालेका तर्फबाट चक्र रुचाल (७५), पार्वती वि.क.(७३), धनकुमारी वि.क.(७३), टेकलाल विश्वकर्मा (७५), मानबहादुर विश्वकर्मा (७५) र बिना गुरुङ (७४) मतका साथका सदस्यमा निर्वाचित भएका छन् भने काँग्रेस–माओवादी गठबन्धनबाट गीताकुमारी शर्मा (७३) र पवित्रा केसी (७३) मतका साथ सदस्यमा निर्वाचित निर्वाचित भएको सहायक निर्वाचन अधिकृत गम्भिर घिमिरेले नारायणी अनलाईनलाई जानकारी दिए । शर्मा र केसी दुवै नेपाली काँग्रेसबाट उम्मेद्वारी दिएका थिए ।

यसअघि समान मत ७२ आएपछि पार्वती, धनकुमारी, गीता र इन्दु पण्डितबीच गोला प्रथा गरिएको थियो । सो क्रममा एक मत बढि पाउँदै पार्वती, धनकुमारी र गीता सदस्यमा विजयी भए भने पण्डित पराजित भईन् ।

यो निर्वाचनसंगै भरतपुर महानगरपालिकाको कार्यपालिकामा एमालेको स्पष्ट बहुमत पुगेको छ । एमालेको २० सदस्य र काँग्रेस माओवादी गठबन्धनको १९ सदस्य पुगेको छ । एमालेका निर्वाचित १४ वडा अध्यक्ष र कार्यपालिकाको निर्वाचनबाट निर्वाचित ६ सदस्य गरि २० सदस्य पुगेको छ । काँग्रेस माओवादी गठबन्धबाट दुई जना मेयर, उपमेयर, निर्वाचित १५ वडा अध्यक्ष र दुई कार्यपालिका सदस्य गरि १९ मात्रै पुगेको छ । अब भरतपुर महानगरपालिकामा एमालेको स्पष्ट बहुमत भएपछि मेयर रेणु दाहाललाई काम गर्न चुनौतीपूर्ण देखिएको छ ।

कार्यपालिकामा मेयर र उपमेयरसहित सबै वडा अध्यक्ष र निर्वाचित ८ जना सदस्य प्रतिनिधित्व गर्नेछन् ।

Facebook Comments

सम्बन्धित समाचार