• होमपेज
  • Uncategorized
  • चितवनमा दैनिक ठगिन्छन् उपभोक्ताः प्रशासनको अनुगमन देखाउने दाँत ,कारबाही फितलो !

चितवनमा दैनिक ठगिन्छन् उपभोक्ताः प्रशासनको अनुगमन देखाउने दाँत ,कारबाही फितलो !

  • बिहिबार, भदौ २९, २०७४
चितवनमा दैनिक ठगिन्छन् उपभोक्ताः प्रशासनको अनुगमन देखाउने दाँत ,कारबाही फितलो !

बिकास पौडेल

चितवन ,भदौ २९-

जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा गरेको अनुगमन नामको मात्रै अनुगमन जस्तो देखिएको छ । चाडपर्व नजिकिएसंगै जिल्लामा बजार अनुगमन भएता पनि कसैलाई कारबाही भएको छैन । यसकारण पनि प्रशासनको अनुगमन केबल नामको अनुगमन मात्रै देखिएको छ । अनुगमनको क्रममा महङ्गो मुल्य लिएर ठगी गरेको प्रष्ट रूपमा भेटिदा पनि अनुगमन टोलिले कुनै कारबाही गर्न सकेको छैन । पुर्वी चितवनको रत्ननगर क्षेत्रमा बिहिवार गरिएको अनुगमनले त्यो कुरा प्रष्ट पारेको छ ।

बिहिवार सितल फेन्सी पसलमा ६ सय ६०  मा खरिद गरिएको कुर्तालाई ३२ सयमा बिक्री गर्ने गरेको अनुगमन टोलिले फेला पार्यो । कुनै पनि सामानमा २० प्रतिशत भन्दा बढी नाफा लिन नपाउने व्यवस्था छ, तर ६ सय ६० को कुर्तामा २५ सय ४० नाफा अर्थात करिब ४ सय प्रतिशत नाफा राखेर बिक्री गर्नु भनेको सरासर ठगी देखिन्छ । यसरी ठगी भएको भेटिदा पनि अनुगमन टोलिले भने कुनै कारबाही नगरी फर्केको छ ।

बजार संरक्षण अधिकृत ओमप्रकाश शर्मा नेतृत्वको टोलिले पसल बन्द गर्न समेत निर्देशन दिन सकेन । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आउन पसल संचालकलाई निर्देशन दिएर फर्किएको छ । अनुगमन टोलिले यसअघि पनि म्याद गुज्रेका पेय पदार्थ तथा खाद्य सामाग्री बिक्रीवितरण गर्ने व्यवसायी लाई कुनै कारबाही गरेको छैन । टोलिले म्याद गुज्रिएको सामाग्रीमा प्वाल पार्ने र व्यवसायीलाई सचेत गराउने मात्रै गरेको थियो । यसरी म्याद गुज्रेको सामग्री बिक्रीवितरण गरेर आम नागरिकको जिवनमा प्रत्यक्ष खेलवाड गर्ने व्यवसायीलाई समेत प्रशासनले कारबाही गर्न सकेको छैन ।

प्रशासनको फितलो पनले अनुगमन भनेको देखाउने दात मात्रै हो भन्ने देखिएको छ । अझ चाडपर्वका वेला मात्र अनुगमन गर्ने परिपार्टी छ । यसले त झन् ठगी गर्नेहरुको वजारमा विगविगी नै चल्ने गरेको छ । यस अघिका वर्षमा चितवनमा हुने गरेका अनुगमन पनि यस्तै झराटार्ने खालका थिए । केही व्यवसायीलाई मुद्धा दर्ता गरेर कारवाही गरेपनि अधिकाँस ठग व्यापारीले उन्मुक्ति पाउने गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार