• होमपेज
  • Uncategorized
  • रिसर्चको विषयमा विद्यार्थीसंग अन्तरक्रिया

रिसर्चको विषयमा विद्यार्थीसंग अन्तरक्रिया

  • बिहिबार, भदौ २९, २०७४
रिसर्चको विषयमा विद्यार्थीसंग अन्तरक्रिया

चितवन, भदौं २९–

बाईलोजिकल साईन्समा अनुसन्धान गर्न योग्य संभावित क्षेत्रको जानकारी दिने एक दिने अन्तरक्रिया कार्यक्रम विहीबार नारायणगढमा सम्पन्न भएको छ ।

बालकुमारी कलेजको माईक्रोबाईलोजी विभागको आयोजनामा भएको कार्यक्रममा डा.निरञ्जन पराजुलीले खोज अनुसन्धानको विषयमा जानकारी गराउनुभएको थियो । उहाँले सो क्रममा बोल्दै नेपालमा पछिल्लो समय अनुन्धान सम्बन्धि विस्तारै प्रगति हुँदै गईरहेको र यसतर्फ विद्यार्थीहरुको आकर्षण समेत बढ्दै गईरहेको बताउनुभयो । डा.पराजुलीले माईक्रोबाईलोजी पनि एक रिसर्च (अनुसन्धान) विषय भएकोले चितवनमा रिसर्च गतिविधि बढाउनुपर्ने बताउनुभयो ।

नेपालकै बनस्पती, जडिबुटी सदुपयोग गरि क्यान्सर (अर्बुद) जस्ता रोगको आषैधि समेत पत्ता लाउन सकिने उहाँको भनाई छ । यस कार्यक्रमले बालकुमारी कलेजमा अध्ययनरत बिएससी माईक्रोबाईलोजी अध्ययनरत विद्यार्थीहरुलाई रिसर्च गर्न थप प्रेरणा मिलेको विद्यार्थीहरुले बताएका छन् ।

कार्यक्रममा रिसर्च सम्बन्धित विद्यार्थीहरुको बाक्लो सहभागिता रहेको थियो।

Facebook Comments

सम्बन्धित समाचार