• होमपेज
  • Uncategorized
  • फिफा वरियतामा नेपाल ६ स्थान तल झर्‍यो,जर्मनी शीर्ष स्थानमा

फिफा वरियतामा नेपाल ६ स्थान तल झर्‍यो,जर्मनी शीर्ष स्थानमा

  • बिहिबार, भदौ २९, २०७४
फिफा वरियतामा नेपाल ६ स्थान तल झर्‍यो,जर्मनी शीर्ष स्थानमा

काठमाडौं,भदौं २९-

विश्व फुटबल महासंघ (फिफा)को विश्व वरियतामा नेपाल ६ स्थान तल झरेको छ । फिफाले शुक्रबार सार्वजनिक गरेको वरियताअनुसार नेपाल ६ स्थान तल झर्दै १८१ औं स्थानमा पुगेको छ ।

नेपाल अघिल्लो महिना १७५ औं स्थानमा रहेको थियो । नेपाल एएफसी एसियन कप छनोट अन्तर्गत गत हप्तामात्र ताजिकिस्तानसँग २–१ ले पराजित भएको थियो । जसको कारण नेपालको वरियता खस्किएको हो ।

फिफाको नयाँ वरियता अनुसार नेपाल दक्षिण एसियामा चौथो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत, माल्दिभ्स र भुटान छन् । शीर्ष स्थानको भारत १० स्थान ओरालो लाग्दै १०७ औं स्थानमा छ भने १२ स्थान तल झरेको माल्दिभ्स १५४ औं स्थानमा छ ।

वरियतामा भुटान ९ स्थान ओरालो झर्दै १७४ औं स्थानमा छ । यस्तै नयाँ वरियतामा नेपालभन्दा पछि रहेको बंगलादेश ७ स्थान तल झर्दै १९६, एक स्थान झरेको श्रीलंका १९८ औं र यथावत रहेको पाकिस्तान २०० औं स्थानमा रहेका छन् ।

फिफाको नयाँ वरियताको शीर्षस्थानमा जर्मनी रहेको छ । जर्मनीले ब्राजिललाई पछि पार्दै शिर्ष स्थानमा उक्लिएको हो । यस्तै ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो, अर्जेन्टिना चौथो र बेल्जियम पाँचांै स्थानमा छन् । त्यस्तै पोल्याण्ड, स्विजरल्याण्ड, फ्रान्स, चिली र कोलम्बिया क्रमशः छैटौंबाट दशौं स्थानमा रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार