• होमपेज
  • मनोरञ्जन
  • विल्सनको ‘सकस’ ट्रेलर रिलिज (भिडियो)

विल्सनको ‘सकस’ ट्रेलर रिलिज (भिडियो)

  • बिहिबार, भदौ २९, २०७४
विल्सनको ‘सकस’ ट्रेलर रिलिज (भिडियो)

काठमाडौँ,भदौ २९ –

द्धन्द्ध निर्देशक एनवी महर्जनले निर्देशन गरेको फिल्म ‘सकस’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा प्रेम, रोमान्स, एक्सन, बदलाको कथा देखाइएको छ । रहरले होइन बाध्यताले डन बनेको कथा फिल्मले बोल्छ ।

सुन्दर श्रेष्ठ, हेमराज बस्नेत र खगेन्द्र डागीको लगानीमा निर्माण भएको यो फिल्मको प्रदर्शन मिति कात्तिक २४ गतेलाई लक गरिएको छ । निर्देशक एनवी महर्जनले फिल्मको विषयमा जानकारी दिँदै भने, ु‘सकस’लाई निकै मिहिनेत गरेर निर्माण गरेका छौ । फिल्मले युवाको जोश बोल्छ ।ु उनले दर्जनौ फिल्ममा द्धन्द्ध निर्देशक भएर काम गरेको अनुभवलाई ‘सकस’मा उतारेको बताए ।
फिल्ममा विल्सन विक्रम राई, सुष्मा कार्की, सुन्दर श्रेष्ठ, महिमा सिलवाल, प्रज्वल गिरी, सुनिल दत्त पाण्डे लगायतका कलाकारहरुको मुख्य भूमिका छ । मौनता श्रेष्ठको कथामा तयार भएको फिल्ममा हिमाल केसीको द्धन्द्ध, चेतन सापकोटाको संगीत, गौतम राज खड्काको सम्पादन, कृष्ण श्रेष्ठको छायाँकन रहेको छ ।

ट्रेलर हेर्नुहोस् :-

https://youtu.be/YPy6MYutqOg

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा