• होमपेज
  • Uncategorized
  • बाल दिवसमा बालबालिकाका लागि ग्रीन लायन्सको खाद्यान्न सहयोग

बाल दिवसमा बालबालिकाका लागि ग्रीन लायन्सको खाद्यान्न सहयोग

  • बिहिबार, भदौ २९, २०७४
बाल दिवसमा बालबालिकाका लागि ग्रीन लायन्सको खाद्यान्न सहयोग

चितवन, भदौं २९–

राष्ट्रिय बाल दिवसको अवसर पारेर चितवन ग्रीन लायन्स क्लवले बाल सेवा आश्रममा आश्रित बालिकाहरुलाई खाद्यान्न तथा बिबिध सामग्री बितरण गरेको छ ।

क्लवले भरतपुर–११ स्थित सत्य साई बाल सेवा आश्रममा आश्रीत बालिकाहरुलाई सो सामग्री बितरण गरेको हो । १८ जना बालिका रहेको आश्रममा पुगेर सहयोग गर्न पाउँदा आफुहरु खुशी रहेको र आगामि दिनमा पनि यस्ताखालका सहयोग गर्दै जाने क्लवका अध्यक्ष दिपकचन्द्र भट्टराईले बताउनु भयो । बितरण कार्यक्रममा क्लवका द्धित्तिय उपाध्यक्ष किशोरचन्द्र सापकोटाले कार्यक्रमको बारेमा र संस्थाको वारेमा प्रष्ट पार्नुभएको थियो ।

सत्य साई बाल सेवा आश्रमका अध्यक्ष शशि अर्यालले क्लवले गरेको सहयोगको खुलेर प्रशंसा गर्दै धन्यवाद ब्यक्त गर्नु भएको थियो । चितवन ग्रीन लायन्स क्लवका सचिव सुमन कोईरालाले सञ्चालन गर्नु भएको कार्यक्रममा जोन चियर पर्सन बिष्णुप्रसाद कँडेलले बालबालिकाहरु भबिस्यका कर्णधार भएकाले आज देखिनै सहि मार्गमा हिडाउन सबैले आ–आफ्नो ठाउँबाट कदम चाल्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा हाम्रो एफ.एम.प्रा.लिका अध्यक्ष ई.भोजराज कौडाल, ग्रीन लियो क्लव अफ चितवनका रिजन कोअर्डिनेटर ई.पुष्कर कोईराला, आश्रमका उपाध्यक्ष मनिष सापकोटा, क्लवका कोषाध्यक्ष लायन अशोक पन्तलगायतको उपस्थिति रहेको थियो । क्लवका द्धित्तिय उपाध्यक्ष किशोरचन्द्र सापकोटाले संयोजन गर्नु भएको कार्यक्रम क्लवका अध्यक्ष दिपकचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो ।

Facebook Comments

सम्बन्धित समाचार