• होमपेज
  • समाचार
  • बृहत् प्रजातान्त्रिक एकता निर्माण गरेर अगाडि बढ्छौं : राणा

बृहत् प्रजातान्त्रिक एकता निर्माण गरेर अगाडि बढ्छौं : राणा

  • बिहिबार, भदौ २९, २०७४
बृहत् प्रजातान्त्रिक एकता निर्माण गरेर अगाडि बढ्छौं : राणा

काठमाडौं, भदौ २९ –

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणाले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो पार्टी बृहत् प्रजातान्त्रिक एकता निर्माण गरेर अगाडि बढ्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा अध्यक्ष राणाले बृहत् प्रजातान्त्रिक एकताको शुरुआतका रुपमा आफ्नो पार्टी वर्तमान सरकारमा गएको हो भने । ‘बृहत् राष्ट्रिय एकता निर्माण गर्न नसक्दा पार्टी स्थानीय तहको निर्वाचनमा पराजय भोग्नुपर्‍यो,’ राणाले भने ।

उनले राप्रपाले तराई मधेसमा देखिएका समस्या समाधान गर्न नसकेको तथा स्थानीय तहको निर्वाचनमा सोचेजस्तो परिणाम ल्याउन नसकेको कारण उक्त पार्टीबाट आफूहरु अलग भएको स्पष्ट पारे । रासस

Facebook Comments

सम्बन्धित समाचार