• होमपेज
  • Uncategorized
  • म्याड र मेड्रिड चितवनद्धारा चेपाङ बालबालिकाहरुलाइ स्टेशनरी सामाग्री वितरण

म्याड र मेड्रिड चितवनद्धारा चेपाङ बालबालिकाहरुलाइ स्टेशनरी सामाग्री वितरण

  • बिहिबार, भदौ २९, २०७४
म्याड र मेड्रिड चितवनद्धारा चेपाङ बालबालिकाहरुलाइ स्टेशनरी सामाग्री वितरण

चितवन,भदौ २९ –

बालमैत्री शासन, बालअधिकारको सम्मान भन्ने नाराका साथ बिहिबार राष्ट्रिय बाल दिवस मनाइएको छ । बालबालिकाका क्षेत्रमा काम गर्ने चितवनका संघसंस्थाहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । बाल दिवसकै अवसरमा पछिल्लो समय सामाजिक कार्यमा अग्रसर बन्दै गएको मेक अ डिफरेन्ट (म्याड) र मेड्रिड फ्यान क्लब नेपाल चितवनले संयुक्त रुपमा चेपाङ बालबालिकाहरुलाइ स्टेशनरी सामाग्री वितरण गरेको छ । १ सय २ जना चेपाङ बालबालिका आश्रित गामवेंसीको चेपाङ संरक्षण केन्द्रलाइ कापि कलम, सर्फ र साबुन हस्तान्तरण गरिएको मेड्रिड फ्यान क्लब नेपाल चितवनका संयोजक प्रवेश शर्माले जानकारी दिए । समाज रुपान्तरणका लागि युवाहरुको भुमिका महत्वपुर्ण रहने भन्दै उनले सामाजिक कार्यको सुरुवाती चरणमा करिब १० हजार बराबरको कापि कलम र साबुन चेपाङ केन्द्रलाइ हस्तान्तरण गरिएको वताए । सबै युवाहरु बैदेशिक रोजगारका लागि विदेशिएर देश विकास सम्भव नहुने उनले वताए ।

सकरात्मक सन्देशका रुपमा क्लबले अझै सामाजिक कार्य गर्दै जाने उनको भनाइ छ । मेक अ डिफरेन्ट म्याडका संयोजक रेगन पौडेलले अझै पनि बालश्रम न्युनिकरण हुन नसकेको भन्दै बालश्रम न्युनिकरणका लागि युवाहरु सक्रिय हुनुपर्ने वताए । सहयोगी भावना जगाउन केहि पागलपन हुन अवश्यक रहेको भन्दै उनले सबै युवाहरुले यस्ता सामाजिक कार्यमा सहकार्य गर्न आग्रह गरे । चेपाङ केन्द्रका प्रमुख केपि किरण शर्माले चेपाङ बालबालिकाहरुको विजोग देखेपछि आफुले सामाजिक काम गर्ने भावना आएको वताए । पैसा कमाउने मात्रै ठुलो कुरा नभएको भन्दै उनले जिवनमा केहि सकरात्मक कामको थालनि गर्न पनि आवश्यक रहेको वताए । सामाजिक कार्यमा युवाहरुको अग्रसरता सराहनिय रहेको उनको भनाइ छ । सामाजिक संस्था म्याड र मेड्रिड फ्यान क्लब नेपाल चितवनले गरेको सहयोगले काममा थप उर्जा मिलेको उनले वताए ।

युवाहरुको सामाजिक संस्था म्याड र मेड्रिड फ्यान क्लबलाइ माडि ज्वेलरले आर्थिक सहयोग गरेको हो । त्यस्तै मेड्रिड फ्यान क्लब नेपाल चितवनकी सदस्य सविता अधिकारीले चेपाङ केन्द्रका प्रमुख शर्माले अकल्पनिय सामाजिक कार्य गरेकोले आगामी दिनमा सहयोग उपलब्ध गराउंदै जाने वताइन् । नेपालमा अहिले ५ हजारभन्दा बढी सडक बालबालिका रहेको तथ्यांक छ । जनगणना २०६८ अनुसार नेपालमा १६ वर्षसम्मका बालबालिकाको संख्या १ करोड पाँच लाख ४६ हजार छ ।

Facebook Comments

सम्बन्धित समाचार