• होमपेज
  • समाचार
  • एमालेलाई मधेशमा भोट माग्न लाज लाग्नुपर्ने हो – गुप्ता

एमालेलाई मधेशमा भोट माग्न लाज लाग्नुपर्ने हो – गुप्ता

  • बिहिबार, भदौ २९, २०७४
एमालेलाई मधेशमा भोट माग्न लाज लाग्नुपर्ने हो – गुप्ता

बारा, भदौ २९ –

बाराको कलैया उपमहानगरपालिकाका मेयरका उम्मेदवारबिच आरोप–प्रत्यारोप चलेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपाल कलैया शाखाले आयोजना गरेको चुनावी अन्तक्र्रियालाई सम्बोधन गर्ने क्रममा मेयरका उम्मेदवाबिच आरोप–प्रत्यारोप चलेको हो । संघीय समाजवादी फोरमका मेयरका उम्मेदवार प्रमोद गुप्ताले ठूला पार्टीहरु कांग्रेस, एमाले र माओवादी केन्द्रले देशमा गतिरोध कायम राखेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो ‘ठूला पार्टीहरुले देशमा सँधै अस्थिरता बनाएका छन्, देशलाई अल्झाएर राखेका छन्, त्यसैले यिनीहरुबाट विकासको अपेक्षा गर्नु भनेको मुर्खताबाहेक अरु केही होइन ।’

गुप्ताले प्रमुख प्रतिपक्षी दल एमालेले जहिल्यै पनि मधेश विरोधी भएको अरोप लगाउनुभयो । उहाँले भन्नुभयो ‘एमालेले जहिले पनि मधेशलाई हेप्ने काम गर्यो, कहिले धोती भन्यो त कहिले कालो भन्ने, विखण्डनको अवस्थामा ल्यायो, यसैले मधेशमा एमालेको कुनै हक छैन, उसले भोट माग्न पनि लाज मान्नुपर्ने हो ।’

साक्षात्कारमा बोल्दै नेकपा माओवादी केन्द्रका मेयरका उम्मेद्धवार मुकेश साहले उपमहानगरलाई समृद्ध बनाउने उद्धघोष गर्नुभयो । उहाँले त्यतिमात्रै नभएर कलैयालाई पूरै कायापलट गर्ने समेतको वचनबद्धता जनाउनुभयो ।

त्यस्तै उहाँले कलैयाका सडक, स्वास्थ्य, शिक्षा, बाटोघाटो र नगरलाई समृद्ध बनाई छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साहले कलैयालाई ग्रिन सिटीको रुपमा आफूले विकास गर्ने समेत विश्वास दिलाउनुभयो ।

त्यस्तै नेपाल लोकतान्त्रिक फोरम मोहम्मत सामी मियाँ ठकुराईले नगरको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफू सबैभन्दा पूरानो मेयरका उम्मेदवार भएको उल्लेख गर्दै भन्नुभयो ‘यो उपमहानगरका हरेक गाउँलार्ई सहरसँग जोडेर अघि बढाउँछु । जनतालाई अनुभुत हुने खालका विकास र समृद्धि दिलाएर छाड्छु ।’

कार्यक्रममा कांग्रेसका उम्मेदवार राजेश यादव र एमालेको विनोद साहभने आउनुभएनन् । दुवै उम्मेदवारहरु नआएपछि त्यहाँका स्थानीय नागरिक आक्रोशित बनेका थिए । हुन पनि कांग्रेस र एमालेका मेयरका उम्मेदवारहरुले पटक–पटक कार्यक्रममा आउने भनेर सार्वजनिक प्रतिबद्धता जनाएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार